Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

स्ववियु निर्वाचनः कर्णालीमा अखिल (क्रान्तिकारी)को दबदबा

निर्वाचन नभएका क्याम्पसमा आफुहरुले जित्ने एमाले–कांग्रेसकाे आ–आफ्नै दाबी

खबरडबली संवाददाता

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन चुनाव अन्तर्गत कर्णालीमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले अधिकांश क्याम्पसहरुमा नेतृत्व हात पार्न सफल भएको छ ।  उक्त संगठनले चुनाव भएका २६ मध्ये १२ वटा क्याम्पसको नेतृत्व हात पार्न सफल भएको हो । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत कर्णालीमा ३३ वटा क्याम्पस छन् । तीमध्ये ७ क्याम्पसमा विभिन्न कारण चुनाव स्थगित भएको छ । मंगलबार भएको चुनावमा माओवादी निकट अखिल क्रान्तिकारीले १२, एमाले निकट अनेरास्ववियूले ८ र कांग्रेस निकट नेविसंघले ६ वटा क्याम्पसमा जित हासिल गरेका छन्  ।

अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका ५ क्याम्पसमा एकछत्र चुनाव जितेको छ । सबै राजनीतिक दलहरूले प्रतिष्ठानको विषय बनेको सुर्खेत बहुमुखी क्याम्पसमा भने चुनाव हुन सकेन । यसअघि एमाले निकट विद्यार्थी संगठनले जितेको सुर्खेत बहुमुखीमा एमाले निकट विद्यार्थीहरूले नै तोडफोड गरेपछि चुनाव स्थगित भएको हो।

अखिल (क्रान्तिकार)का केन्द्रीय उपाध्यक्ष अटल आचार्यले आधार इलाकामा आफ्नो संगठनले वर्चस्व जमाउन सफल भएको बताउँछन् । ‘क्रान्तिको धार भएको प्रदेश हो, पार्टीको आधार इलाका पनि हो,’ उनले भने, ‘कतिपय ठाउँमा सर्वसम्मत तरिकाले पनि हाम्रा उम्मेदवारले जित्नुभयो ।’

एमाले निकट अनेरास्ववियुले कर्णालीमा दोस्रो स्थान हासिल गरेको छ । एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सह–इन्चार्ज रेखा थापा कर्णालीमा एमालेले जित्ने क्याम्पसमा चुनाव हुन नसकेका कारण दोस्रो स्थान आएको बताउँछिन् ।

‘हामी पहिलो नै हो, हामीले हिजोदेखि जित्दै आइरहेका क्याम्पसमा चुनाव हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘त्यहाँ विभिन्न संगठनले केही न केही बहाना बनाएर आफू चुनाव हार्ने डरले तालाबन्दी गरेका छन् । यतिखेर हामी संख्यात्मक हिसाबले दोस्रो भए पनि समग्र कर्णालीको विषयमा हेर्ने हो पहिलो स्थानमै हुन्छौँ ।’

उनका अनुसार योभन्दा अगाडि हार व्यहोरे पनि दैलेखका तीन वटै क्याम्पस विगतदेखि अनेरास्ववियुले जित्दै आएको छ । अहिले अन्य विद्यार्थी संगठनले तालाबन्दी गरेका कारण चुनाव हुन नसकेको थापाको भनाइ छ ।

कर्णालीको सबैभन्दा ठुलो क्याम्पस सुर्खेत बहुमुखीमा विभिन्न समस्याका बाबजुद चुनाव हुन सकिरहेको छैन । ‘यो पनि एउटा हाम्रो लालकिल्ला हो,’ थापा भन्छिन्, ‘जाजरकोटमा पनि एउटा क्याम्पसमा तालाबन्दी भएको छ । यदि चुनाव भयो भने हाम्रो जित हुन्छ ।’

राजनीतिक रुपमा सबैभन्दा ठुलो दल कांग्रेस भने स्ववियु निर्वाचनमा तेस्रो स्थानमा छ । कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाही नेविसंघले चुनाव जित्न सक्ने क्याम्पसमा चुनाव हुन नसकेका कारण आफ्नो पक्षमा नतिजा कम देखिएको बताउँछन् । ‘अधिकांश सामुदायिक क्याम्पसको दयनीय स्थिति हुँदा निवार्चनभन्दा पनि सहमति गरेर जाँदा परिणाम यस्तो आएको हो,’ उनले भने ।

 अखिल (क्रान्तिकारी)ले जितेका क्याम्पस

१. शीतल क्याम्पस चौरजहारी रुकुम पश्चिम—प्रकाश डाँगी
२. राडिज्युला शिक्षा क्याम्पस रुकुम पश्चिम—सुप्रिम ओली
३. सानोभेरी शिक्षा क्याम्पस रुकुम —बिरभान भण्डारी
४. सिम्रुतु शिक्षा क्याम्पस रुकुम—दिपेन्द्र ओली 
५. सूर्योदय क्याम्पस श्रीनगर हुम्ला—रीमिलाल बुढा
६. बनगाड क्याम्पस सल्यान—जीवन बिष्ट
७. लिकु संयुक्त क्याम्पस डोल्पा—राजेन्द्र गिरी  
८.. सिंजा बहुमुखी क्याम्पस जुम्ला—सन्तोष आचार्य
९. स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम—टेकराज विश्कर्मा
१०. जनकल्याण क्याम्पस सल्यान—गणेश ओली
११.जनचेतना बहुमुखी क्याम्पस कालिकोट—बसराज बोहरा
१२. फारुल्ला बहुमुखी क्याम्पस सल्यान—हिमा शर्मा

एमाले निकट अखिलले जितेका क्याम्पस
१. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत—रुद्र रावत
२. हिमशिखर क्याम्पस सुर्खेत—मिना रावत
३. शारदा क्याम्पस सल्यान—विश्व खड्का
४. अमरदीप क्याम्पस सुर्खेत—विशाल रावत
५. जुम्ला बहुमुखी क्याम्पस जुम्ला— लोकेन्द्र बुढा
६. सल्यान बहुमुखी क्याम्पस सल्यान—विशाल पुन मगर
७. हिमज्योति बहुमुखी क्याम्पस हुम्ला— जयराज सञ्ज्याल
८. डोल्पो क्याम्पस डोल्पा—गोकर्ण बुढाथोकी

कांग्रेस निकट नेविसंघले जितेका क्याम्पसहरू

१. गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत—मोहन बिष्ट
२. नलगाड बहुमुखी क्याम्पस सल्यान—विशाल विक्रम चनारा
३. मानसरोवर बहुमुखी क्याम्पस हुम्ला—सागर कुमार शाही
४. कपुरकोट बहुमुखी क्याम्पस सल्यान—दीपेन्द्र बुढा मगर
५. शिवजन क्याम्पस सल्यान—संजय हमाल
६. चतुर्वेद हिरा सुरेन्द्र पूर्ण क्याम्पस मुगु—धनचन्द्र कार्की

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending