गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारीले राजनीतिक दल र सरकारमा रहेका नेतृत्वले आमनागरिकको चाहनालाई पूरा गर्नुपर्ने बताएको छन । नेपाली कांग्रेस गुल्मी दरबार गाउँपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।
नेता भण्डारीले राजनीतिक दल र सरकारको नेतृत्व गर्ने जो कोहीले आमनागरिक र युवाहरुको चाहनालाई पूरा गर्नुपर्ने बताए। आमनागरिकको भविष्यको सुरक्षाका लागि नेतृत्वकर्ता सबै लाग्नुपर्ने भन्दै उनले देशको नेतृत्व गर्ने नेताहरु अपडेट हुन जरुरी रहेको बताए।
२०८४ सालपछि पार्टी र सरकार दुवै युवाको हातमा जाने भन्दै नेता भण्डारीले कांग्रेस पार्टीलाई राम्रो, बलियो र सशक्त क्रियाशील बनाउन युवाहरु लागेको बताए। कांग्रेससँग देश र आमनागरिकको भविष्य जोडिएको भन्दै पार्टीलाई राम्रो र बलियो बनाउन आफूहरु निरन्तर लागेको उनले बताए।
प्रतिकृया लेख्नुहोस्: