Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

मनमैजु र नागाजुर्नमा सञ्चालित ३ वटा खाद्य गोदाममा छापा

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका–९ स्थित मनमैजु र नागाजुर्नमा सञ्चालित ३ वटा खाद्य गोदाममा जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ । 

नाम चलेका कम्पनीको बोरामा कमसल चामल प्याक गरेर बेचेको सूचनाको आधारमा गोदाम सिल गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । गोदाम सञ्चालकहरूले बजारमा चलेका ३१ वटा कम्पनीको खाली बोरामा प्याक गरेर कमसल चामल बजारमा पठाउने गरेको भेटिएको छ । मनमैजु मा सञ्चालित देवकोटा चिउरा तथा चामल मिलमा छापा मारेर स्थानीय प्रशासनले २५ सय १६ बोरा  चामल र १ हजार ४३ बोरा चिउरा सहित गोदाममा सिल लगाएको छ । 

बलराम देवकोटा र गोपाल देवकोटाले सञ्चालन गरेको सो गोदाम कल्पना देवकोटाको नाममा दर्ता रहेको भेटिएको छ । नागार्जुन नगरपालिका–६ भीमढुंगामा खगेन्द्र खत्रीले सञ्चालन गरेको गोदाममा १६ सय ४६ बोरा चामल, ५४ बोरा चिनी र नाम चलेका आटा ११ बोरा र दाल सहित गोदाम सिल गरिएको छ ।

नागार्जुन–४ स्थित मुकेश सिंहले सञ्चालन गरेको ढीमाई प्याकेजिङ उद्योगमा ४७ सय ५ बोरा चामल फेला परेको छ । कुलेश्वरमा ठेगाना भए पनि सिंहले नागार्जुनमा गोदाम सञ्चालन गरेको भेटिएको छ । गढीमाई प्याकेजिङ उद्योगमा फेला परेको ४७ सय ५ बोरा चामल, ४५ बोरा कनिका मस्यौरा ६० बोरा र चिउरा ३४० बोरा सहित गोदाम सिल गरिएको छ । 

स्थानीय प्रशासन सहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले संयुक्त रूपमा गोदाम सिल गरेका हुन् । ३ जना सञ्चालकहरूलाई प्रहरीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आवश्यक अनुसन्धानको लागी जिम्मा लगाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending