Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

असीम चन्दको संगीत यात्रा: कञ्चनपुरबाट राष्ट्रिय मञ्चसम्म

खबरडबली संवाददाता

कञ्चनपुर । नेपालको सुदूरपश्चिम क्षेत्र प्रतिभाशाली कलाकारहरूको भण्डार हो। यस्तै एउटा चम्किलो नाम हो, कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर-४, बैतडाका गायक आशिष चन्द (असीम)। सुमधुर आवाजका धनी असीम पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा उदाउँदै गरेका गायक हुन्।

सानैदेखि सङ्गीतमा अपार रुचि राख्ने २२ वर्षिय असीम हालै नेपालकै चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल’ सिजन -१' को टप १२ सम्म पुग्न सफल भएका छन्। यसअघि पनि उनी ‘द भ्वाइस नेपाल’ मा सहभागी भइसकेका थिए, जहाँ उनले निर्णायक तथा दर्शकहरूको राम्रो प्रतिक्रिया पाएका थिए।

असीमलाई सङ्गीतमा रुचि बाल्यकालदेखि नै थियो। उनी भन्छन्, "म कक्षा ४ मा थिएँ, त्यो बेला पहिलो पटक कक्षामा गीत गाएँ। सबैले राम्रो प्रतिक्रिया दिए। त्यसपछि मैले गायनलाई गम्भीर रूपमा लिन थालेँ।" यही प्रेरणाले उनलाई निरन्तर गायन यात्रा अघि बढाउने हौसला प्रदान गर्‍यो।

विद्यालयमा हुने विभिन्न कार्यक्रमहरूमा उनले गीत गाएर सबैको मन जिते। स्थानीय स्तरमा आयोजित साङ्गीतिक प्रतियोगिताहरूमा भाग लिएर उनले आफ्नो प्रतिभा निखार्दै गए। पारिवारिक साथसाथै साथीभाइ र शुभचिन्तकहरूको हौसलाले उनलाई अझै बढी मेहनत गर्न प्रेरित गर्‍यो।

असिमको ‘सिङ्गिङ स्टार नेपाल’ सिजन-१ मा यात्रा निकै प्रेरणादायी रह्यो। पहिलो अडिसनमै उनले निर्णायकहरूको मन जिते। सशक्त प्रस्तुति र सुमधुर आवाजका कारण उनी प्रतियोगिताको टप १२ सम्म आइपुग्न सफल भए। यस प्रतियोगिताले उनलाई देशभर चिनायो। यसअघि ‘द भ्वाइस नेपाल’ मा समेत सहभागी भएर आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका असीमलाई दर्शकहरूले अझै बढी चिनेका छन्।

असीमले हालसम्म थुप्रै गीतहरू गाइसकेका छन्, जसले दर्शक-श्रोताहरूको मन जित्न सफल भएका छन्। उनको स्वरमा मिठास छ, जसले हरेक गीतलाई विशेष बनाउँछ। उनी नेपाली साङ्गीतिक यात्रालाई अझै अगाडि बढाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य राख्छन्।

आफ्नो भविष्यबारे असीम भन्छन्, "सङ्गीत मेरो आत्मा हो। नेपाली सङ्गीतलाई विश्वभर चिनाउने मेरो सपना छ। त्यसका लागि म निरन्तर अभ्यास र मेहनत गरिरहेको छु।" उनले नयाँ पुस्ताका सङ्गीत प्रेमीहरूलाई पनि मेहनत र समर्पण गर्न प्रेरित गरिरहेका छन्।

कञ्चनपुरबाट राष्ट्रिय स्तरसम्म आफ्नो प्रतिभा देखाउन सफल भएका असीम चन्द भविष्यमा अझै उच्च स्थानमा पुग्ने अपेक्षा गरिएको छ। उनको सफलता सुदूरपश्चिम प्रदेशका अन्य युवा कलाकारहरूका लागि समेत निकै प्रेरणादायी रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्मी बढेसँगै घरभित्रै सर्पको जोखिम, ओछ्यानमै पुग्छ मृत्युकाे खतरा

बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम

विश्वकप हेर्न प्रोजेक्टरमा भिड जम्मा गर्न अनुमति अनिवार्य, डिजिटल ठगीबाट सचेत रहन आग्रह

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...

कोशी भेलाअघि विराटनगरमा जुटे शेखर–शशांक

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...

विश्वकप २०२६ इतिहासकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने प्रतियोगिता बन्ने जोखिम

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending