दाङ । दाङको देउखुरीमा कृषका लागि सिँचाइको व्यवस्थापन गर्न नौ बिघामा कृत्रिम जलाशय निर्माण गरिएको छ । लमही नगरपालिका वडा–९ स्थित तेलिया हरियाली सामुदायिक वनमा सो कृत्रिम जलाशय निर्माण गरिएको हो ।
खेतिपातीमा सिँचाइका लागि पानीको अभाव हुन थालेपछि सामुदायिक वनको सिमसार क्षेत्रलाई कृत्रिम जलाशयको रूपमा विकास गरिएको लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले बताए । गत वर्ष त्यस सिमसार क्षेत्रलाई कृत्रिम जलाशयको रूपमा विकास गरेको उनले जानकारी दिए ।
गर्मीयाममा पानीको सुख्खा हुन नदिन सिमसार क्षेत्रलाई कृत्रिम जलाशय निर्माण गरिएको उनले बताए । यो जलाशयबाट वडाको विभिन्न ठाउँमा सिँचाइका लागि पानी लग्ने तयारी भएको समेत स्थानीय अगुवा डम्बर खत्रीले बताए । उनका अनुसार यो जलाशय सौरेनी जलायशको नाममा परिचित छ ।
सौरेनी जलाशय अहिले रिहारको आसपासमा रहेको घरपालुवा जनावर (पशुचौपाया) का लागि पानी खुवाउने गन्तव्य बनेको छ, उनले भने, “भविष्यमा तेलिया गाउँमात्र नभई वडाका विभिन्न गाउँमा सिँचाइका लागि उक्त जलाशयबाट सिँचाइ गर्ने योजना बनाइएको छ ।”
रिहार बजारदेखि करिब ३ किलोमिटरभित्र रहेका सौरेनी जलाशय हेर्नका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकहरू आउनेगरेको उनले जानकारी दिए । जलाशय हेर्दा सुन्दर र आकर्षक देखिएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बनेको स्थानीय अगुवा खत्रीले बताए । भविष्यमा उक्त जलाशयमा डुङ्गा सयर गर्न सकेमा यसको थप आकर्षण बढ्ने उनले बताए ।
"रिहार मन्दिर अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई केन्द्रीत गरेर सौरेनी जलाशयमा डुङ्गा सयर गर्न सकेमा यसको आककर्षण अझ बढ्न सक्छ, उनले भने, “यस क्षेत्रलाई पर्यटकको विकासका लागि लमही सरकारले दीर्घकालीन योजना बनाउनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: