दाङ । दाङको देउखुरीमा कृषका लागि सिँचाइको व्यवस्थापन गर्न नौ बिघामा कृत्रिम जलाशय निर्माण गरिएको छ । लमही नगरपालिका वडा–९ स्थित तेलिया हरियाली सामुदायिक वनमा सो कृत्रिम जलाशय निर्माण गरिएको हो ।
खेतिपातीमा सिँचाइका लागि पानीको अभाव हुन थालेपछि सामुदायिक वनको सिमसार क्षेत्रलाई कृत्रिम जलाशयको रूपमा विकास गरिएको लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले बताए । गत वर्ष त्यस सिमसार क्षेत्रलाई कृत्रिम जलाशयको रूपमा विकास गरेको उनले जानकारी दिए ।
गर्मीयाममा पानीको सुख्खा हुन नदिन सिमसार क्षेत्रलाई कृत्रिम जलाशय निर्माण गरिएको उनले बताए । यो जलाशयबाट वडाको विभिन्न ठाउँमा सिँचाइका लागि पानी लग्ने तयारी भएको समेत स्थानीय अगुवा डम्बर खत्रीले बताए । उनका अनुसार यो जलाशय सौरेनी जलायशको नाममा परिचित छ ।
सौरेनी जलाशय अहिले रिहारको आसपासमा रहेको घरपालुवा जनावर (पशुचौपाया) का लागि पानी खुवाउने गन्तव्य बनेको छ, उनले भने, “भविष्यमा तेलिया गाउँमात्र नभई वडाका विभिन्न गाउँमा सिँचाइका लागि उक्त जलाशयबाट सिँचाइ गर्ने योजना बनाइएको छ ।”
रिहार बजारदेखि करिब ३ किलोमिटरभित्र रहेका सौरेनी जलाशय हेर्नका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकहरू आउनेगरेको उनले जानकारी दिए । जलाशय हेर्दा सुन्दर र आकर्षक देखिएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बनेको स्थानीय अगुवा खत्रीले बताए । भविष्यमा उक्त जलाशयमा डुङ्गा सयर गर्न सकेमा यसको थप आकर्षण बढ्ने उनले बताए ।
"रिहार मन्दिर अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई केन्द्रीत गरेर सौरेनी जलाशयमा डुङ्गा सयर गर्न सकेमा यसको आककर्षण अझ बढ्न सक्छ, उनले भने, “यस क्षेत्रलाई पर्यटकको विकासका लागि लमही सरकारले दीर्घकालीन योजना बनाउनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: