बझाङ । बझाङमा एसईई परीक्षाका लागि जिल्लाभर २० वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा समन्वय समितिले चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र निर्धारण गरेको हो ।
यस वर्ष प्राविधिक धारतर्फ एक वटा परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सूचना अधिकारी बसन्तबहादुर सिंहले जानकारी दिए । प्राविधिक धारतर्फका सबै विद्यालयका परीक्षार्थीका लागि सत्यवादी माध्यमिक विद्यालय भोपुर (ख) केन्द्र कायम गरिएको उनले बताए ।
उनका अनुसार दुर्गा भवानी मावि तलकोट, सत्यवादी मावि भोपुर (क), सत्यवादी मावि भोपुर (ख), कुलमष्टोजन मावि भातेखोला, बालविकास मावि गोलाई, जालपा मावि देवल, खप्तड मावि कालुखेती, लामातोला मावि लामातोला, जनप्रिय मावि बगडगाउँ, थलारा मावि खोली, भैरव मावि झोता, चौधरी मावि जुजी, शान्ति मावि चौघानपाटा, बान्निचौर मावि बान्निचौर, चन्द्रोदय मावि भाटशैन, शिक्षोदय मावि बागथला, सुनकुडा मावि चिर, सरस्वती मावि विजगडा र महादेव मावि अठपालीमा परीक्षा केन्द्र तोकिएको छ ।
यस वर्ष बझाङमा ४ हजार ६ सय ४४ जना परीक्षार्थी सहभागी हुनेछन् । नियमित साधारणतर्फ १ हजार ८ सय ५ छात्रा र १ हजार ८ सय २१ छात्रगरी ३ हजार ७ सय ६ जना तथा एक्जाम्टेड (ग्रेडवृद्धि) तर्फ ३ सय ७२ छात्रा तथा ३ सय १२ छात्र गरी ६ सय ८४ जना परीक्षार्थी सहभागी हुनेछन् ।
यस्तै, प्राविधिक धारतर्फका एकसय ३३ छात्रा र एकसय २१ छात्र गरी जम्मा दुईसय ५४ जना विद्यार्थी सहभागी हुने सूचना अधिकारी सिंहले बताए । परीक्षा शान्त, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: