काठमाडौं । सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको विज्ञहरुले बताएका छन् । नसर्ने रोगको प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ रहेको र यसको सेवनले अति घातक रोग निम्तिरहेको विज्ञहरुले बताएका हुन् ।
“सूर्तिजन्य तथा मदिराजन्य पदार्थ प्रयोगको अवस्था, यसको प्रभाव र नियन्त्रण तथा नियमनसम्बन्धी स्वास्थ्य क्षेत्रका सञ्चारकर्मीहरुसँग छलफलमा क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विवेक आचार्यले सूर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा गम्भीर असर पुर्याउने बताए । उनले भने, “सूर्तिजन्य पदार्थले १२ देखि १३ प्रकारका क्यान्सर गराउँछ । यो एकदमै घातक हो । मुटुरोग, मष्तिष्कघात, फोक्सोको समस्या आदि यसले निम्त्याउन सक्छ । यसले स्वास्थ्यमा असर पार्नुका साथै आर्थिक भार थपेको छ ।”
उनले वयस्कमा चुरोट सेवनको लत बढिरहेको बताउँदै नेपालमा अबको २० देखि ३० वर्षमा क्यान्सर खेप्न नसकिने अवस्थामा देखिने बताए । “सूर्तीजन्य पदार्थको कानुन कार्यान्वयन गर्न सकेका छैनौँ । क्यान्सर बढ्दो अवस्थामा छ । अहिले नै रोकथाममा सम्बोधन नगरेपछि भयावह स्थिति आउन सक्छ”, उनले भने ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले विश्वमा मदिराको हानिकारक प्रयोगका कारण हरेक वर्ष ३० लाख मानिसको मृत्यु हुने बताए । उनले भने, “मदिराको प्रयोगले दुई सय भन्दा बढी रोग र चोट पटक लाग्ने अवस्था निम्त्याउँछ । यसले अकालमा मृत्यु गराउने र जीवनशैलीमा ह्रास ल्याउँछ ।”
मदिराको उपलब्धतामा भएका प्रतिबन्धलाई बढावा दिने, स्क्रिनिङ सहजताका साथै उपचारमा पहुँच, विज्ञापन, प्रायोजन तथा पदोन्नतिमा व्यापक प्रतिबन्ध, अन्तः शुल्क तथा मूल्य निर्धारण नीतिमार्फत मदिराजन्य पदार्थमा मूल्य वृद्धि गर्नुपर्ने उनको भनाइ छ । केन्द्रका निर्देशक डा केशवराज पण्डितले नसर्ने रोगको भारको मुख्य कारकमध्ये सूर्तिजन्य तथा मदिराजन्य पदार्थ रहेको बताए । उनले यी सम्बन्धी बनेका कानुन कार्यान्वयनमा समन्वय आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: