मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका लोपोन्मुख वनकरिया समुदायले चैतेधान रोप्न सुरु गरेका छन् । डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेकाे हाे । खेतमा धान रोप्दै गरेकी सुन्तली वनकरियाले हरेक वर्ष करिब पाँच क्विन्टल चैतेधान भित्र्याउने गरेको बताइन् । उनका अनुसार पानी कम हुने भएकाले जम्मा तीन कठ्ठामा मात्र चैतेधान रोप्ने गरेकी छिन् भने समुदायमा सबैले करिब आफ्नो जग्गाको आधा जग्गामा मात्र चैतेधान रोप्ने गरेका छन् ।
चैतेधानले उक्त समुदायलाई चार महिना सजिलै पुग्ने सुन्तलीको भनाइ छ । उनी भन्छिन्, ‘हाम्रा सासूससुराले धान रोप्ने गर्नुहुन्न थियाे, किनकि उहाँहरू जंगलमा बस्ने गर्नुहुन्थ्यो । तर, अहिले हामीलाई करिब खान पुग्ने खेती हामी गर्छौँ,’ उनी थप्छिन्, ‘हामी धान, मकै, आलु र तरकारी खेती गर्छौँ, भैँसी र बाख्रा पालेका छौँ ।’ उनका दुई छोरा, श्रीमानसहित चारजनाको परिवार छ । खानका लागि खेतीले पुग्ने र बच्चा पढाउन र अन्य खर्चको जोहो गर्न भने कमाउन जानुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।
त्यसैगरी, चार छोरी र तीन छोरासहित ठुलो परिवार रहेको विष्णु वनकरिया पनि अहिले चैतेधान रोप्न व्यस्त छिन् । उनको हालको दैनिकी आफ्नो खेतमा धान रोप्ने मात्र होइन, समुदायका सदस्यकामा मेलापर्म गरेर बित्ने गरेको छ । बाहिरबाट काम गर्नका लागि कोही पनि नबोलाउने भएका कारण उनीहरू एक–अर्काको पर्म गर्ने गरेको उनी बताउँछिन् ।
समुदायकी मुखिया सन्तमाया वनकरियालाई पनि चैतेधान रोप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै उठेर बिउ काड्ने गर्छिन् । बालबालिका विद्यालय गइसकेपछि पालैपालो धान रोप्ने गरेको उनी बताउँछिन् । जेटिए अध्ययन गरेर गाउँमा नै सेवा गरिरहेकी सन्तोषी वनकरियालाई अहिले रोपिरहेको धान भित्र्याउँदाको खुसीभन्दा पनि धान रोपिरहेको जमिनको स्वामित्व स्थायी रूपमा हस्तान्तरण नभएको चिन्ता लाग्ने गरेको छ।
आफू वनमा जन्मेको भए पनि बालापन बिताएको उक्त बस्तीको जमिन आफूहरूका लागि तत्कालीन अवस्थामा २० वर्षलाई मात्र दिएको र उक्त समय सकिन लागेको कारण आफू चिन्तित भएको उनको भनाइ छ । उनका अनुसार समुदायलाई ०६२ मा तत्कालीन जिविसले सामुदायिक वनको छेउमा २० वर्षका लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ ।
वनकरिया समुदायले १८ वर्षअगाडिसम्म खेती गर्न नजानेको र बालबालिकालाई पनि गाईभैँसीको दुध खुवाउने चलनसमेत नभएको समुदायकी मुखिया सन्तमायाको भनाइ छ । उनका अनुसार तत्कालीन समयमा गिठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो माछा खाएर जीवन धान्ने गरिन्थ्यो भने हाल खेतीपाती र पशुपालनबाट खानका लागि पुग्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: