Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्रतिगमनलाई परास्त गर्न वामपन्थी र गणतन्त्रवादी शक्तिहरू एकै ठाउँमा उभिनु पर्ने माओवादीकाे निष्कर्ष

खबरडबली संवाददाता

काठमाडौं । देशमा बढीरहेकाे प्रतिगमनकारी शक्तिलाई परास्त गर्न वामपन्थी र गणतन्त्रवादी शक्तिकहरु एकै ठाउँमा उभिनु पर्ने नेकपा माओवादी केन्द्रकाे निष्कर्ष रहेकाे छ । पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक सक्रियतालाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले गम्भीर समीक्षा गर्दै परिवर्तनकारी शक्तिहरु एकै ठाउँमा उभिनु पर्ने निष्कर्ष निकालेकाे हाे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सोमबार बिहान बसेको पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे गम्भिर समीक्षा गरेकाे छ । पोखराबाट आइतबार काठमाडौं फर्किएका ज्ञानेन्द्रलाई राजावादीहरूको समूहले त्रिभुवन विमानस्थलमा स्वागतमात्र गरेनन्, र्‍यालीसहित निर्मल निवास पुर्याएका थिए । 

ज्ञानेन्द्रको स्वागतका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पूर्वमन्त्री केशरबहादुर विष्ट, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायत कट्टर हिन्दुवादीहरू सहभागी थिए । माओवादी केन्द्रका बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिक निकै गम्भीर मोडमा गएकाले सडकमा राजावादीको सक्रियतालाई नजरअन्दाज गर्न नहुने बताउँदै प्रतिगमनलाई परास्त गर्न वामपन्थी र गणतन्त्रवादी शक्तिहरू मिल्नुकाे विकल्प नभएकाे बताएका थिए ।

अमेरिकामा अतिवादी डोनाल्ड ट्रम्प सत्तामा पुगेको, मध्यपूर्वमा द्वन्द्व बढ्दै गएको, रुस–युक्रेन युद्ध नयाँ मोडमा पुगेको, छिमेकी भारतमा कट्टर हिन्दुवादीको सरकार रहेका कारण नेपालका प्रतिगामी शक्तिहरू सलबलाउन थालेको प्रचण्डको निष्कर्ष थियो ।

‘केपी ओली नेतृत्व सरकारको नालायकीपनले सडकमा राजावादी शक्ति, प्रतिक्रियावादी तथा प्रतिगामी शक्तिहरू सलबलाउन थालेकोबारे बैठकमा गम्भीर समीक्षा भयो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने । 

ती पदाधिकारीका अनुसार अध्यक्ष प्रचण्डले विश्व शक्ति राष्ट्र अमेरिकामा अतिवादी डोनाल्ड ट्रम्पको पुनरोदयले रुस–युक्रेन युद्धले नयाँ मोड लिएकोबारे चर्चा गरेका थिए । ‘संसारभर अतिवादी शक्ति सत्तामा पुगेका छन् । भारतमा कट्टर हिन्दुवादी सत्ता रहेकाले नेपालका राजावादी शक्तिहरू, प्रतिगामी तथा प्रतिक्रियावादी शक्तिहरू सलबलाउन थालेका छन्,’ बैठकमा प्रचण्डले भनेको कुरा उद्धृत गर्दै ती नेताले भने, ‘यो निकै गम्भीर विषय हो । यसलाई नजरअन्दाज गर्न मिल्दैन । प्रतिगामी शक्तिविरुद्ध हामीले पनि प्रतिरोध गर्नुपर्छ ।’

यसबारे पहिला समाजवादी मोर्चाका नेताहरूसँग छलफल गर्नुपर्ने प्रचण्डको भनाइ थियो । ‘हामीले रगत बगाएर ल्याएको गणतन्त्र समाप्त हुने खतरा छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै अर्का एक नेताले भने, ‘त्यसैले संयुक्त प्रतिरोध गर्नेबारे मोर्चाको बैठकमा छलफल गर्नुपर्छ ।’

प्रचण्डले राजावादीको जुलुसमा भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ र ज्ञानेन्द्रको तस्बिर बोकेको विषय निकै गम्भीर भएको बताएका थिए । यस्तै भारतका पूर्वजनरल डा. जीडी बक्सीले नेपालबारे आइतबार एक्समार्फत दिएको प्रतिक्रिया, नेपाली सेनाको निमन्त्रणामा भारतका पूर्वजनरल नेपाल आएको विषय र ओली सरकारको मौनताबारे प्रचण्डले गम्भीर चासो देखाएको ती नेताले बताए ।

ओली सरकारले अहिलेसम्म राजावादीलाई मिनिमाइज गरेको देखिए पनि जुनसूकै बेला घुँडा टेक्न सक्नेबारे बैठकमा प्रचण्डले चर्चा गरेको अर्का एक नेताको भनाइ छ । ‘विदेशी शक्तिको आड–भरोसा, भारतीय कट्टर हिन्दुवादी शक्तिको उक्साहटमा राजावादी र विभिन्न प्रतिगामी शक्ति सलबलाएको देखिन्छ । यद्यपि अहिलेसम्म ओली सरकारले राजावादीहरूलाई मिनिमाइज नै गरेको देखिन्छ,’ प्रचण्डले बैठकमा भनेका थिए ।

कांग्रेस–एमाले आफूलाई अप्ठ्यारो पर्दा अन्तिममा ज्ञानेन्द्रलाई धोका दिएर माओवादीसँग मिल्न आएको जिकिर गर्दै प्रचण्डले फेरि पनि ओली सरकारले राजालाई स्पेस दिने विषयमा घुँडा टेक्न सक्नेतर्फ बैठकमा सचेत गराएको ती नेताले जानकारी दिए ।

पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित एक महिने ‘जनतासँग माओवादी तराइ–मधेस जागरण अभियान’ स्थगित गरेर आइतबार नै माओवादी काठमाडौँ फर्किएको थियो । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा राष्ट्र जोगाउनका लागि आफूलाई साथ दिन सार्वजनिक आह्वान गरेका थिए । उनको आह्वानबाट राजावादी शक्तिहरू निकै उत्साहित भएका छन् ।

प्रतिगामी शक्तिविरुद्ध माओवादी एक्लैले प्रतिरोध गर्ने कि अन्य वामपन्थी शक्तिसँग मिलेर संयुक्त गर्ने विषयमा छलफल गर्न समाजवादी मोर्चाका नेताहरूसँग छलफल गरेर निर्णय लिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

उनले ओली सरकारको नालायकीले प्रतिगामी शक्तिहरू आशावादी देखिएको तर गणतन्त्रको असली हिमायती माओवादीमा लागेका लाखौँ कार्यकर्ता समाजवाद ल्याउन लामबद्ध भइसकेको दाबी गरे ।  बैठकपछि सापकोटाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले पनि शान्त चित्तपूर्वक सोचे हुन्छ । हिजो आफूले शासन गर्दा कुन स्थिति थियो ? अहिले उहाँलाई बोल्न गणतन्त्रले छुट दिएको छ । संविधान अनुसार बोल्न सबैलाई छुट छ तर विरुद्धमा जान कसैलाई छुट छैन ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending