तेहरान । इरानको विदेश मन्त्रालयले लामो समयदेखि तेहरानको सहयोगी रहेका राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने समुदाय अलावीसहित सिरियामा रहेका अल्पसङ्ख्यक समुदायमाथि आक्रमण गर्नुको कुनै औचित्य नरहेको बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले साप्ताहिक पत्रकार भेटका क्रममा भने, “अलावी, क्रिश्चियन, ड्रुज र अन्य अल्पसङ्ख्यक समुदाय बसोवास गर्ने केही भागमा भएको आक्रमणको कुनै औचित्य छैन, जसले यस क्षेत्रका र अन्तर्राष्ट्रिय रूपमा दुवै देशको भावना र अन्तस्करणलाई वास्तवमै चोट पुर्याएको छ ।
नयाँ सुरक्षा बल र पूर्व असद सरकारका वफादारहरूबिच गत बिहीबार सुरु भएको तनावपछि झडप सुरु भएको थियो । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर’का अनुसार सिरियामा अलावी अल्पसङ्ख्यक समुदायको तटीय क्षेत्रमा ९७३ जना सर्वसाधारणको मृत्यु भएको थियो ।
संस्थाका अनुसार यस भिडन्तमा सयौं सुरक्षाकर्मीका साथै असद समर्थक लडाकूको पनि मृत्यु भएको छ भने मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म एक हजार ३०० नाघेको छ । सिरियाका वर्तमान अन्तरिम राष्ट्रपति अहमद अल–साराको नेतृत्वकोसुन्नी इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा विद्रोही सेना दमास्कसमा प्रवेश गरेपछि पूर्व राष्ट्रपति असद डिसेम्बरमा सिरियाबाट मस्कोतर्फ भागेका थिए ।
तेहरानले देशको लामो गृहयुद्धको समयमा असदलाई समर्थन गर्न मद्दत गरेको थियो र उनलाई सैन्य सल्लाहकारहरू प्रदान गरेको थियो । एएफपीसँगको अन्तर्वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघचीले एचटीएसले कब्जा गरेदेखि नै तेहरान सिरियाको अवस्थाबारे निगरानी गरिरहेको बताए ।
“वर्तमान सिरियाली सरकारसँग हाम्रो कुनै सम्बन्ध छैन र यस विषयमा हामी हतारमा छैनौं,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: