पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ ।
बलुचिस्तानमा देशका अन्य भागबाट आएका मजदुरहरूमाथि आक्रमण बढेको छ र लडाकूहरूले उनीहरूलाई यस क्षेत्रबाट लाभ उठाएको आरोप लगाउने गरेका छन् । अफगानिस्तान र इरानसँग सीमा जोडिएको सो प्रान्तमा लडाकूहरूले सेनालाई सूचना दिएको आरोप लगाएका आप्रवासी हेयरड्रेसरहरूलाई बारम्बार निशाना बनाइएको छ ।
पन्जगुर जिल्लाका एक प्रहरी अधिकारी मोहम्मद जैदले एएफपीसँग भने, “सिन्धका तीन हजामले ज्यान गुमाएका छन् ।” प्रहरीका अनुसार आइतबार साँझ मोटरसाइकलमा आएका बन्दुकधारीले सैलुन पसलमा पसेर गोली चलाएका थिए । यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
पृथकतावादी बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो, जसले बाहिरी व्यक्तिहरूलाई यसको समृद्ध स्रोतहरूको दोहन गरेको आरोप लगाउदै आक्रमणहरू गर्ने गरेको छ । गत फेब्रुअरीमा लडाकूहरूले एक बस रोकेर सात जना पञ्जाबी मजदुरहरूलाई मृत्युदण्ड दिएका थिए ।
गत वर्षको अप्रिलमा नौश्की सहरमा बसबाट अपहरणमा परेका ११ जना पञ्जाबी मजदुरको पनि मृत्यु भएको थियो भने सोही वर्षको मे महिनामा छ जना पञ्जाबी हजामलाई गोली हानी हत्या गरिएको थियो । बलुचिस्तानको बोलन जिल्लाका प्रहरी अधिकारी सैयद दिलावरका अनुसार आइतबार भएको अर्को घटनामा पाकिस्तानी सेनाका दुई सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लडाकूहरू पहाडमा लुकेर बसेको सूचना पाएपछि सैनिकहरूले सुरक्षा कारबाही चलाएको र घन्टौँसम्म भएको गोली हानाहानमा दुई सैनिकको मृत्यु भएको थियो । स्थानीय प्रहरी अधिकारी फजल वकारका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वाको कोहाट जिल्लामा सोमबार बिहान आतङ्ककारीले दुई प्रहरी अधिकारीको पनि गोली हानी हत्या गरेका छन् । विगत केही वर्षयता पाकिस्तानी सहरहरूमा आक्रमणहरू विरलै हुने गरेका भएपनि अफगानिस्तानसँगको सीमा क्षेत्रमा हिंसात्मक घटनाहरू बढेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: