काठमाडौं । मानवीय खपतका लागि बेलायतमा २ वर्षभित्र ल्याबमा हुर्काइएको मासु, डेरीजन्य उत्पादन र चिनी किनबेच हुने आशा गरिएको छ । यो यसअघि अपेक्षा गरिएको भन्दा छिट्टै हो ।
त्यहाँको फुड स्ट्यान्डर्ड एजेन्सी (एफएसए) ले ल्याबमा हुर्काइएका खानेकुरालाई अनुमति दिने प्रक्रियालाई कसरी छिटो बनाउन सकिन्छ भनेर हेरिरहेको बीबीसीले बताएको छ ।
ल्याबमा कोषबाट साना केमिकल प्लान्टमा यी खानेकुरा हुर्काइन्छ । यस क्षेत्रमा बेलायती कम्पनीहरूले निकै प्रगति गरेका छन् । तर अहिलेको कठोर नियमनका कारण उनीहरू खुम्चिरहेका छन् । हाई–टेक फुड कम्पनीका विज्ञहरू र अनुसन्धानकर्ताहरूसँग मिलेर एफएसएले नयाँ नियमन बनाउने काम गरिरहेको छ ।
दुई वर्षभित्र ल्याबमा हुर्काएर बनाइएको खानेकुरालाई खपतको अनुमति दिन पूरा सुरक्षा मूल्याङ्कन पूरा गर्ने आफ्नो लक्ष्य भएको एफएसएले भनेको छ । गएको महिना बेलायतमा कारखानामा कुकुरको भोजनका लागि हुर्काइएको मासु पहिलो पटक बिक्री सुरु भएको थियो ।
२०२० मा सिंगापुर ल्याबमा तयार पारिएको मासु मानवीय खपतका लागि अनुमति दिने पहिलो देश बनेको थियो । त्यसको तीन वर्षपछि अमेरिकाले पनि यसको अनुमति दियो । गएको वर्ष मात्रै इजरायलले पनि यसको अनुमति दिएको छ । तर इटली, अमेरिकाको अल्बामा र फ्लोरिडा राज्यले यसमाथि प्रतिबन्ध लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: