भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केले एक घर एक धारा अभियान सञ्चालन गरेर चार बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियान अन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो ।
यहाँका पिउने पानीको समस्या रहेका सवै स्थानीयको घरमा एक घर एक धारा सञ्चालनमा ल्याएको छ । वडा भित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताए । आर्थिका २०८०/८१ मा वडाको बजेटबाट रु दश लाख विनियोजन गरेर दुई सय १६ घर र यस अघि निर्माण भएका धारासहित चार सय ६८ घरमा पानी सञ्चालन गरिएको उनको भनाइ छ । वडामा एक घर एक धारा अभियान सञ्चालन गरेर पानी वितरण गरिएपछि स्थानीयको पानीको समस्या हटेको उनको भनाइ छ ।
‘हामीले यहाँका स्थानीयको पानीको समस्या समाधानको लागि एक घर एक धारा अभियान सञ्चालन गरेर पानी वितरण गरेका छौँ’ वडाध्यक्ष थापामगरले भने,‘यहाँका सवै घरमा सुद्ध पिउने पानी पु¥याउन सफल भएका छौँ । यसले स्थानीयको बषौँदेखी पानीको समस्या समाधान भएको छ ।’
वडाले एकघर एक धारा अभियान सञ्चालन गरेर प्रत्येक घरमा सुद्ध पिउने पानी पु¥याएपछि स्थानीयबासी खुसी भएका छन् । घरमा धारा जडान भएपछि बषौँदेखीको पानीको समस्या अन्त्य भएको स्थानीयबासी कल्पना भट्टराईले बताइन् । अव भने पानीको जोह गर्नको लागि घण्टौँ समय विताउनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘घरमा धारा नहुँदा पानीको निकै समस्या थियो’ उनले भनिन्,‘अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्नु पर्ने अवस्था थियो । वडाको पहलमा घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।’
घरमा धारा नहुँदा तीन धारा भन्ने स्थानबाट डोको बोकेर पानीको जोह गर्दै आएको स्थानीयबासी सरस्वती भट्टराईले बताइन्। घरको आगनमा धारा जडानले सरसफाईसँगै खेर गएको पानी करेसाबासी प्रयोग गर्दै आएको उनको भनाइ छ ।‘विगतमा पानीको जोह गर्न डोकोमा बोकेर ल्याउनु पर्ने अवस्था थियो’ उनले भनिन्,‘अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीलाई सदुयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।’
धारा जडानसँगै स्थानीयको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी जन्य रोगबाट बच्नको लागि वडाले एक घर एक फिल्टरको अभियान सञ्चालन गरेर फिल्टर पनि वितरण गरिएको वडासदस्य टेकराज भट्टराईले बताए । त्योसँगै स्थानीयलाई आवश्यकताको आधारमा पाएपसमेत वितरण गर्दै आएको उहाँले जानकारी दिए ।
‘यहाँका सवै स्थानीयको घरमा धारा पुगेको अवस्था छ’उनले भने,‘पानी जन्य रोगबाट बच्नको लागि स्थानीयलाई फिल्टर पनि वितरण गरिएको अवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...
आषाढ़ ३२ गते, २०८३ - ०७:१५
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...
आषाढ़ ३२ गते, २०८३ - ०७:१०
काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...
आषाढ़ ३२ गते, २०८३ - ०६:५९
काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...
आषाढ़ ३२ गते, २०८३ - ०६:५७
काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...



प्रतिकृया लेख्नुहोस्: