भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केले एक घर एक धारा अभियान सञ्चालन गरेर चार बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियान अन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो ।
यहाँका पिउने पानीको समस्या रहेका सवै स्थानीयको घरमा एक घर एक धारा सञ्चालनमा ल्याएको छ । वडा भित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताए । आर्थिका २०८०/८१ मा वडाको बजेटबाट रु दश लाख विनियोजन गरेर दुई सय १६ घर र यस अघि निर्माण भएका धारासहित चार सय ६८ घरमा पानी सञ्चालन गरिएको उनको भनाइ छ । वडामा एक घर एक धारा अभियान सञ्चालन गरेर पानी वितरण गरिएपछि स्थानीयको पानीको समस्या हटेको उनको भनाइ छ ।
‘हामीले यहाँका स्थानीयको पानीको समस्या समाधानको लागि एक घर एक धारा अभियान सञ्चालन गरेर पानी वितरण गरेका छौँ’ वडाध्यक्ष थापामगरले भने,‘यहाँका सवै घरमा सुद्ध पिउने पानी पु¥याउन सफल भएका छौँ । यसले स्थानीयको बषौँदेखी पानीको समस्या समाधान भएको छ ।’
वडाले एकघर एक धारा अभियान सञ्चालन गरेर प्रत्येक घरमा सुद्ध पिउने पानी पु¥याएपछि स्थानीयबासी खुसी भएका छन् । घरमा धारा जडान भएपछि बषौँदेखीको पानीको समस्या अन्त्य भएको स्थानीयबासी कल्पना भट्टराईले बताइन् । अव भने पानीको जोह गर्नको लागि घण्टौँ समय विताउनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘घरमा धारा नहुँदा पानीको निकै समस्या थियो’ उनले भनिन्,‘अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्नु पर्ने अवस्था थियो । वडाको पहलमा घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।’
घरमा धारा नहुँदा तीन धारा भन्ने स्थानबाट डोको बोकेर पानीको जोह गर्दै आएको स्थानीयबासी सरस्वती भट्टराईले बताइन्। घरको आगनमा धारा जडानले सरसफाईसँगै खेर गएको पानी करेसाबासी प्रयोग गर्दै आएको उनको भनाइ छ ।‘विगतमा पानीको जोह गर्न डोकोमा बोकेर ल्याउनु पर्ने अवस्था थियो’ उनले भनिन्,‘अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीलाई सदुयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।’
धारा जडानसँगै स्थानीयको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी जन्य रोगबाट बच्नको लागि वडाले एक घर एक फिल्टरको अभियान सञ्चालन गरेर फिल्टर पनि वितरण गरिएको वडासदस्य टेकराज भट्टराईले बताए । त्योसँगै स्थानीयलाई आवश्यकताको आधारमा पाएपसमेत वितरण गर्दै आएको उहाँले जानकारी दिए ।
‘यहाँका सवै स्थानीयको घरमा धारा पुगेको अवस्था छ’उनले भने,‘पानी जन्य रोगबाट बच्नको लागि स्थानीयलाई फिल्टर पनि वितरण गरिएको अवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: