काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल नेपाल) का अध्यक्ष सुवोधराज सेर्पालीले तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको साक्षी ज्ञानेन्द्र रहेको बताएका छन् । वीरेन्द्र हत्यारा ज्ञानेन्द्रलाई थाहा रहेको नेता सेर्पालीको भनाइ छ । दाजुको स–परिवार सखाप हुँदा आफ्नो परिवारलाई ठेससमेत नलाग्नुले मात्रै पनि यस घटनाको साक्षी र मतियार ज्ञानेन्द्र हुन् भन्ने प्रष्ट रहेको नेता सेर्पालीले बताएका छन् ।
‘कडा सुरक्षा घेराभित्र राष्ट्रिय, अन्तर्राष्ट्रिय योजनामा नेपालको तत्कालीन नेपाली सेना प्रमुख, प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान प्रमुखको मुख थुनेर सञ्चारगृह सबैलाई पेन डाउनझैँ गराएर आफैंले नक्कली आठ जना नक्कली दिपेन्द्र खडा गरेर गुटुङटुङटुङ गोली बर्षाएर राजपरिवारको कमाण्डरसहित सबैलाई छानीछानी मारेको घटना सबैलाई ताजा छ । अचम्मको कुरा दाजुको परिवार सखाप हुँदा भाइ ज्ञानेन्द्रको परिवालाई ठेससम्म लागेको सुनिएन । आफैं सदस्य रहेको राजसंस्था बचाउन नसक्नेले फेरि आएर देश बचाउने कुरा ? हत्यारा को हुन्, ज्ञानेन्द्रलाई थाहा छ ।’ नेता सेर्पालीले भनेका छन्, ‘हत्यारा को हुन् तत्कालीन सरकारमा रहेका त्यतिबेलाका शाषकरूलाई पक्कै थाहा छ । आफूले वंश सकाउने भीमकाय घटनाको साक्षी मतियार बन्ने, अनि आज बर्षौं पहिला जनताले सडाकमा पुर्याएका व्यक्ति आएर शासन गर्ने दिवास्वपना ? हुँदैन ज्ञानेन्द्र पारस अनि त्यो परिवारतन्त्र ? लोकतान्त्रिक मूल्य मान्यताका आधारमा कुर्सीबाट हटाएर श्रीपेचलाई संग्राहलयमा राखेको समयमा केको चुरिफुरी ? संसारको दर्जनौं उदाहरण हेर्ने हो भने शाषकहरूको अन्त्य साह्रै दुखद भएको छ । तर संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको रूपमा सामन्य जीवनमा छोडेको छ ।’
ज्ञानेन्द्रलाई नेपाली जनताले सच्चिनै मौका दिएको बेला यसलाई सहज स्वीकार गरेर बस्नुको अलवा लगत हर्कत गरेको खण्डमा परिणाम राम्रो नहुने उनको चेतावनी छ । जनयुद्ध र जनआन्दोलनमा हजारौं मान्छेमाथि गोली हान्न आदेश दिने, संकटकाल लगाउने ज्ञानेन्द्रलाई नागरिकले वीरेन्द्रको हत्यारा को हो ? भनेर सोध्ने दिन टाढा नरहेको पनि उनले बताए । ‘ नागरिकले सडकमा घिसारेर राजा वीरेन्द्र वीरबिक्रम शाह र उनको परिवारको हत्यारा को हो ? तिमीलाई थाहा छ, भन भन्ने दिन आउँछ,’– नेता सेर्पालीले भनेका छन् ।
नेता सेर्पालीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा जाने दुस्साहस कसैले पनि नगर्दा नै राम्रो हुने बताएका छन् । उनले हिम्मत भए विधिअनुसार निर्वाचनमा सहभागी भएर प्रतिस्पर्धाको बाटो रोज्न सुझाव समेत दिएका छन् । छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...
आषाढ़ ३२ गते, २०८३ - ०७:१५
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...
आषाढ़ ३२ गते, २०८३ - ०७:१०
काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...
आषाढ़ ३२ गते, २०८३ - ०६:५९
काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...
आषाढ़ ३२ गते, २०८३ - ०६:५७
काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...



प्रतिकृया लेख्नुहोस्: