Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

वडा कार्यालयबाटै मौरीपालन व्यवसायको नयाँ अभ्यास सुरु गरिँदै

खबरडबली संवाददाता

पाल्पा ।  घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार राखिएका हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन गरेर किसानले राम्रै लाभ लिएका छन् । यी त आमनागरिकलाई देखेका, भोगेका र जानेका कुरा हुन् ।

कार्यालयमा मौरीपालन व्यवसाय थालनी भने कतै भएको सुनिँदैन । पाल्पाको एक सरकारी कार्यालयले मौरीपालन अभ्यास सुरु गरेको छ । बगनासकाली गाउँपालिकाको वडा नम्बर १ को कार्यालय चिर्तुङ्धारामा व्यावसायिक तवरबाट मौरीपालन थालनी गरिएको हो ।

वडा कार्यालयको परिसरमा लहरै मौरीका घार राखिएका छन् । कार्यालयमा पुग्ने सेवाग्राही तथा सर्वसाधारण एवं जोकोहीलाई पनि मौरीफार्ममा पुगेको अनुभूति हुन्छ । कार्यालय परिसरमा लहरै राखिएका मौरीका घारले सेवाग्राही तथा यहाँ पुग्ने जोसुकैले मौरीपालनसम्बन्धी केही न केही नयाँ ज्ञान आर्जन गरेका छन् ।

कार्यालयमा मौरीपालन देखेपछि नागरिकले मौरीपालनसम्बन्धी चासो दिएर जानकारी लिने गरेको कृषि प्राविधिक खिमराज कोइरालाले बताए । सानो लगानीमा घरमा दुई चार घार राखेर व्यवसाय अगाडि बढाउन सकिने, धेरै मेहनत गर्न नपर्ने हुँदा किसानलाई व्यवसायउन्मुख बनाउनका लागि वडा कार्यालयबाटै मौरीपालन व्यवसाय सञ्चालन गरिएको प्राविधिक कोइरालाले जानकारी दिए ।

वडा कार्यालयको काममा पालो पर्खेर बस्ने समय अहिले मौरीपालनबारे जानकारी लिन सेवाग्राही सक्रिय भएका छन् । कार्यालयमा नयाँ कुराको थालनी भएकाले पनि यस बारेमा धेरैको चासो बढेको छ । वडा कार्यालयको लगानीमा दशवटा आधुनिक घारमा मौरीपालन सुरु गरिएको वडाध्यक्ष शेरबहादुर चिदीले बताए ।  नयाँ अभ्यास भएकाले यसबाट किसानले केही सिकेर घरमा व्यवसाय गर्न उर्जा मिलोस् भनेर सुरु गरेको वडाध्यक्ष चिदीले बताए ।

सेवाग्राहीलाई वडा कार्यालयमा पनि मौरीपालन छ भन्ने अनुभूति गराउँदै घरघरमा मौरीपालनमा लाग्न प्रेरणा प्रदान गर्नका लागि कार्यालयमा व्यावसायिक ढङ्गबाट मौरीपालन गरिएको छ ।

कार्यालय क्षेत्रमा सेरेना मौरीपालन कार्यक्रमअन्तर्गत मौरीपालनलाई जोड दिँदै नयाँ कार्यको अभ्यास भएको छ । वडामा उत्कृष्ट किसानलाई मौरीपालनका लागि वडा कार्यालयबाट गोलासहितको घार वितरण गर्ने वडाको योजना छ ।

अहिले कार्यालयमा मौरीपालनको परीक्षणकाल भएकाले व्यवसाय राम्रो हुँदै गएमा थप गर्दै जाने वडाले जनाएको छ । यो कार्य सम्भवतः नेपालमै नयाँ कार्यको सुरुवात हो । वडा कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ९० हजार रुपैयाँ बजेटबाट काम सुरु गरेको छ । व्यवसाय गर्न चाहने हो भने सानो रकमले पनि सञ्चालन गर्न सकिन्छ भन्ने यस वडाले उदाहरण प्रस्तुत गरेको छ ।

सिद्धार्थ राजमार्गसँग जोडिएकाले पनि मौरीको अध्ययन अवलोकन भ्रमणका लागि देशका पूर्वदेखि पश्चिमसम्मका किसान बगनासकाली आउने गरेको कृषि शाखा प्रमुख किशोरकुमार खत्रीले बताए ।

पाल्पा जिल्लामै बगनासकाली गाउँपालिका मौरीपालनको सम्भावना बोकेको क्षेत्र हो । यहाँबाट अन्य जिल्लामा गोलासहितको मौरीघार पठाइन्छ । गाउँपालिकामा एक दर्जनभन्दा बढी किसान व्यावसायिक मौरीपालनमा आबद्ध छन् ।

यहाँका किसानले मह उत्पादनभन्दा गोला बिक्रीमा जोड दिएका छन् । गोलासहित आठ हजार पाँच सयमा मौरीघार बिक्री भइरहेको छ । एक दुई घारदेखि धेरैमा एक हजार तीन सय घारसम्म मौरीपालन गर्ने गरेको पाइन्छ ।

किसानले स–सानो लगानीमा थोरै–थोरै मौरीपालन गरेर मह उत्पादन तथा गोलासहित घार बिक्रीबाट आम्दानी लिने गरेका छन् । मध्यपहाडी क्षेत्रमा सेरेना जातको मौरीपालनको सम्भाव्यता भएको हुँदा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाभित्र व्यावसायिक रूपमा मौरीपालन भइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending