Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

महिलालाई कसरी प्रोत्साहन गर्ने ?

डा. बालकृष्ण साह
डा. बालकृष्ण साह

प्रत्येक वर्ष मार्च ८ का दिन संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । विशेषतस् महिलाको अधिकार, समानता, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।

लैंगिक समानता र महिलाका अधिकारको प्रवर्द्धन, महिलाहरूको उपलब्धिलाई सम्मान गर्ने, महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने र समाजमा रहेको लैंगिक भेदभाव हटाउने यस दिवसको मुख्य उद्देश्यहरू हुन् भन्दा फरक नपर्ला।

सन् १९०८ मा अमेरिका हुँदै १९१० मा जर्मनीकी समाजवादी नेता क्लारा जेट्किनले अन्तर्राष्ट्रिय स्तरमा महिला दिवस मनाउने प्रस्ताव राखेकी थिइन्। त्यसपछि सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, र स्विट्जरल्यान्डमा पहिलोपटक औपचारिक रूपमा महिला दिवस मनाइएको इतिहास छ ।

संयुक्त राष्ट्रसंघले भने सन् १९७५ मा यसलाई आधिकारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मान्यता दिएको थियो। र, अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मा मनाइएको ऐतिहासिक पृष्ठभूमि छ।

यसको सुरुवात महिलाहरूको श्रमिक आन्दोलनसँग सम्बन्धित छ । विशेषतस् पहिलो विश्वयुद्धका दौरान रुसका महिलाहरूले ‘रोटी र शान्ति’ माग्दै हड्ताल गरेका थिए। जुलियन क्यालेन्डरअनुसार २३ फेब्रुअरी, १९१७ को दिन थियो त्यो । पछि ग्रेगोरियन पात्रोअनुसार यो मिति मार्च ८ मा पर्‍यो । त्यसैले मार्च ८ लाई हरेक वर्ष अन्तर्राष्ट्रिय महिला मनाइने गरिन्छ ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस को नारा ‘कारबाहीलाई तीव्रता दिऔं’ भन्ने रहेको छ।

यो नाराले लैंगिक समानताको दिशामा प्रगति गर्न थप सक्रिय कदम चाल्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । विश्व आर्थिक मञ्चका अनुसार, वर्तमान प्रगतिका दरमा पूर्णलैंगिक समानता हासिल गर्न सन् २१५८ सम्म लाग्न सक्छ, जुन लगभग पाँच पुस्ताको समयावधि हो।

त्यसैले, यस वर्षको थिमले समाजका सबै तहमा लैंगिक समानता प्राप्त गर्नका लागि कार्यहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल र नेपाली महिलाका लागि एउटा अवसरका रुपमा लिन सकिन्छ । यस अवसरमा नेपालका महिलाहरूका लागि कार्यस्थलमा सुरक्षित वातावरण, समान ज्याला र नेतृत्वमा सहभागी गराउने कानुनी व्यवस्था कडाइका साथ लागू गर्न प्रेरित गर्ने कदम अगाडि बढाउन सकिन्छ ।

यस अवसरमा घरेलु हिंसा, दाइजो प्रथा, बालविवाह, तथा यौनजन्य हिंसा रोक्न प्रभावकारी कार्यान्वयनप्रति सचेतना गर्दै कार्यक्रमहरू तर्जुमा गर्न सकिन्छ । त्यसैगरी महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न पनि उत्ति नै आवश्यक छ ।

विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूलाई साना तथा मध्यम व्यवसाय सञ्चालन गर्न सहुलियत ऋण, तालिम बजारको पहुँच उपलब्ध गराउने किसिमका अवसरको व्यवस्था गर्न सके यस दिवसको अर्थ लाग्ने थियो।

हुनत स्वास्थ्य र शिक्षाका लागि कुनै विशेष अवसर कुर्नु पर्दैन । मातृ मृत्युदर १५१ रहेको हाम्रो वर्तमान अवस्थालाई हेर्दा हाल विद्यमान गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क स्वास्थ्य सेवा तथा मातृ मृत्युदर न्यूनिकरणका लागि कार्यक्रमहरूको पहुँच बढाउन विशेष पहल अगाडि सार्नुपर्ने देखिन्छ।

त्यस्तै बालविवाहको अन्त्य, प्राविधिक तथा उच्च शिक्षामा छात्रवृत्ति, तथा सीपमुलक अध्ययनमा प्रोत्साहन गर्न र यसका लागि सचेतना बढाउन आवश्यक हुन्छ ।

नेपालले नीति, शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण र नेतृत्वमा महिलाहरूको सहभागिता बढाएर अन्तर्राष्ट्रिय महिला दिवसलाई मात्र नभई महिला समानताको लक्ष्यलाई वास्तविक कार्यान्वयनमा ल्याउन सक्छ। सरकार, निजी क्षेत्र, गैरसरकारी संस्थाहरू र नागरिक समाजले मिलेर तीव्र कार्य गर्न आवश्यक छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...

बाजुरामा तनाव चर्कियो : ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...

छानबिनको ‘क्लिन चिट’सँगै गृह मन्त्रालयमा सुधन गुरुङको शक्तिशाली कमब्याक

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...

तरकारी बजारमा राहत : गोलभेँडा २० रुपैयाँमा झर्‍यो, आज कुन वस्तुको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...

निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending