ढल्केबर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, हथराटोलमा विद्यालय भवन निर्माण भएको दुई वर्ष भयो । गाउँका बालबालिकालाई टाढाको विद्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले निर्माण गरिएको सो विद्यालय भवन पठनपाठन सुरु हुन सकेको छैन । शिक्षक तथा कर्मचारी व्यवस्थापन हुनसक्दा पठनपाठन सुरु हुन नसकेको स्थानीयको भनाइ छ ।
विद्यालय निर्माण भए पनि शिक्षकको अभावका कारण सञ्चालन हुन नसक्दा गाउँका कतिपय बालबालिका शिक्षाबाट बञ्चित छन् भने पढ्नका लागि तीन किलोमिटर टाढाको विद्यालय जान बाध्य छन् । गाउँमै सामुदायिक विद्यालय सञ्चालन नहुँदा गरिब तथा अल्पसंख्यक मुखिया समुदायका बालबालिका शिक्षाको आधारभूत अधिकारबाट बञ्चित भएका हुन् ।
नगरपालिकाको सदरमुकाम महेन्द्रनगरबाट ७ किलोमिटर पूर्वमा रहेको यो बस्तीमा २०५० सालमा स्थापना गरिएको सामुदायिक विद्यालय १२ वर्षअघि बन्द भयो । त्यसपछि यहाँका बालबालिकालाई पढ्नका लागि गाउँ बाहिर जानुपर्ने बाध्यता छ ।
स्थानीय बजरङ्गी मुखियाले गाउँमा विद्यालयको अभावले गर्दा बालबालिकालाई पढ्नका लागि टाढाको विद्यालय पठाउनुपर्ने बाध्यता रहेको बताए ।
अर्का स्थानीय रञ्जित कुर्मीले शिक्षक अभावका कारण विद्यालय सञ्चालन नहुनु टोलका बालबालिकाको भविष्य अन्धकार बनाउने अवस्था सिर्जना भएको बताए।
वडाध्यक्ष अवधकिशोर यादवले विद्यालय सञ्चालनका लागि प्रयासरत रहेको बताए। उनले आफू निर्वाचित भएदेखि नै यो विषयलाई प्राथमिकतामा राखेको दाबी गरे।
वडाध्यक्ष यादवले बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न सरोकारवालासँग समन्वय गरेर समस्या समाधान गर्ने बताए । उनले नगरपालिकाको सहयोग पाउन सके छिट्टै विद्यालय सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरे।
नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपक खत्रीका अनुसार सो ठाउँमा पहिले विद्यालय सञ्चालनमा रहेको भए पनि दर्ता खारेज भएपछि समस्या भएको हो । स्थानीय सरकारले यथाशीघ्र शिक्षक तथा कर्मचारी व्यवस्थापन गरेर यो विद्यालय सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: