ढल्केबर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, हथराटोलमा विद्यालय भवन निर्माण भएको दुई वर्ष भयो । गाउँका बालबालिकालाई टाढाको विद्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले निर्माण गरिएको सो विद्यालय भवन पठनपाठन सुरु हुन सकेको छैन । शिक्षक तथा कर्मचारी व्यवस्थापन हुनसक्दा पठनपाठन सुरु हुन नसकेको स्थानीयको भनाइ छ ।
विद्यालय निर्माण भए पनि शिक्षकको अभावका कारण सञ्चालन हुन नसक्दा गाउँका कतिपय बालबालिका शिक्षाबाट बञ्चित छन् भने पढ्नका लागि तीन किलोमिटर टाढाको विद्यालय जान बाध्य छन् । गाउँमै सामुदायिक विद्यालय सञ्चालन नहुँदा गरिब तथा अल्पसंख्यक मुखिया समुदायका बालबालिका शिक्षाको आधारभूत अधिकारबाट बञ्चित भएका हुन् ।
नगरपालिकाको सदरमुकाम महेन्द्रनगरबाट ७ किलोमिटर पूर्वमा रहेको यो बस्तीमा २०५० सालमा स्थापना गरिएको सामुदायिक विद्यालय १२ वर्षअघि बन्द भयो । त्यसपछि यहाँका बालबालिकालाई पढ्नका लागि गाउँ बाहिर जानुपर्ने बाध्यता छ ।
स्थानीय बजरङ्गी मुखियाले गाउँमा विद्यालयको अभावले गर्दा बालबालिकालाई पढ्नका लागि टाढाको विद्यालय पठाउनुपर्ने बाध्यता रहेको बताए ।
अर्का स्थानीय रञ्जित कुर्मीले शिक्षक अभावका कारण विद्यालय सञ्चालन नहुनु टोलका बालबालिकाको भविष्य अन्धकार बनाउने अवस्था सिर्जना भएको बताए।
वडाध्यक्ष अवधकिशोर यादवले विद्यालय सञ्चालनका लागि प्रयासरत रहेको बताए। उनले आफू निर्वाचित भएदेखि नै यो विषयलाई प्राथमिकतामा राखेको दाबी गरे।
वडाध्यक्ष यादवले बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न सरोकारवालासँग समन्वय गरेर समस्या समाधान गर्ने बताए । उनले नगरपालिकाको सहयोग पाउन सके छिट्टै विद्यालय सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरे।
नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपक खत्रीका अनुसार सो ठाउँमा पहिले विद्यालय सञ्चालनमा रहेको भए पनि दर्ता खारेज भएपछि समस्या भएको हो । स्थानीय सरकारले यथाशीघ्र शिक्षक तथा कर्मचारी व्यवस्थापन गरेर यो विद्यालय सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १२:३२
वासिङ्टन। इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अम...
आषाढ़ २६ गते, २०८३ - १२:२१
पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचानका लागि गठित समितिले आफ्नो अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज...
आषाढ़ २६ गते, २०८३ - १२:०७
काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेप...
आषाढ़ २६ गते, २०८३ - ११:५४
काठमाडौं । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। ...
आषाढ़ २६ गते, २०८३ - ११:५०
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच...
आषाढ़ २६ गते, २०८३ - ११:४२
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ। नागरिक आन्दो...
आषाढ़ २६ गते, २०८३ - ११:१६
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्...
आषाढ़ २६ गते, २०८३ - ११:०६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। उद्योगी–व्यवसायीसँग भेटघाटलाई...
आषाढ़ २६ गते, २०८३ - १०:५५
काठमाडौँ। स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६।६३ डि...
आषाढ़ २६ गते, २०८३ - १०:४३
सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा अनुगमन गरी लापर्बाही भेटिएका होटेल र पानी उद्योगल...



प्रतिकृया लेख्नुहोस्: