Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

सशस्त्र प्रहरी संघीय र नेपाल प्रहरी प्रदेश मातहत राख्नुपर्ने सिके राउतको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारले हालै संसदमा दर्ता गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी अध्यादेश खतरनाक रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत राउतको सचिवालयले बेलमै सचेत रही यसमा रहेका गम्भीर प्रावधान संशोधन गर्न उनले आह्वान पनि गरेका छन् ।

उनले सशस्त्र प्रहरीलाई संघीय सरकार, नेपाल प्रहरीलाई प्रदेश र ट्राफिक प्रहरीलाई स्थानीय सरकार मातहत राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । ‘यसरी नेपाल सशस्त्र बल (प्रहरी) लाई संघीय सरकार मातहत, नेपाल प्रहरीलाई प्रदेश सरकार मातहत र ट्राफिक/सामुदायिक/नगर प्रहरीलाई स्थानीय सरकार मातहत स्पष्ट रूपले राख्नुपर्दछ। अन्यथा भन्नलाई देशमा संघीय व्यवस्था भने पनि राणाकालीन् प्रहरी व्यवस्था भन्दा केही फरक नहुने देखिन्छ। जनता समयमै सचेत रहनुहोला,’ राउतले लेखेका छन् ।

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा पेस गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी अध्यादेशमा सांसदहरूले ६४/६४ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । केही दिनभित्रै विधेयकमाथि दफावार छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

राउतले सामाजिक सञ्जालमा लेखेका छन्–

नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल, नेपाल विधेयक,२०८१ संसदमा पेश भई संसदीय प्रक्रियामा प्रवेश गरेको छ। नेपाल प्रहरी राज्य सत्ताको स्थायी अंगको रूपमा शासकवर्गको हितलाई परिपूर्ती गर्ने माध्यमको रूपमा रहँदै आएको छ। राजा र राणा शासनकालमा होस् कि वर्तमान खसआर्य शासनकालमा यही कुरा नै लागू हुँदै आएको छ। 

अहिले त यहाँसम्म कि प्रहरी भनेको ठूला पार्टीलाई पक्षपोषण गर्ने, विरोधी वा अन्य पार्टीका नेता कार्यकर्तालाई झुटा मुद्दा लगाउने, फसाउने, दबाउने, आफ्नो पार्टीमा प्रवेश गर्न दबाब दिने, निर्वाचनमा आफूलाई जिताउन सबै प्रकारको सहयोग गर्ने, शासकवर्ग इतरका आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारूहरूमाथि दमन गर्ने माध्यमको रूपमा रहँदै आएको छ। यहाँसम्मका यदि तराई मधेश वा किराँतकै एउटा गाउँमा १०० घरधूरीमध्ये एउटा मात्रै खस(आर्य परिवार छ भने प्रहरीले त्यही खसआर्य मूलीकै कुरा सुन्ने र सोहीअनुरूप नै गर्ने व्यवहार देखिँदै आएको छ। 

यस परिपे्रक्ष्यमा संघीयता आएपछि सबै प्रदेश र सबै वर्गसमुदायले यसमा केही राहत पाउने आशा गरिए तापनि प्रस्तावित प्रहरी विधेयकहरूले प्रहरीको खसआर्य शासक केन्द्रीत दमनकारी मानसिकता अझ प्रगाढ हुने देखिन्छ र सो प्रमुख जिल्ला अधिकारीमार्फत् परिचालित हुनेछ।

संघीय व्यवस्थामा तीन तहका प्रहरीहरूको कार्यक्षेत्र निम्नानुसार हुन्छन्–
१. संघीय प्रहरी निकायहरू मुख्यतः राष्ट्रिय सुरक्षा, सीमा नियन्त्रण, आतंकवादविरोधी कार्य, र संगठित अपराधसम्बन्धी मामिलामा संलग्न हुन्छन्।
२. राज्य प्रदेश प्रहरी क्षेत्रीय रूपमा आपराधिक अनुसन्धान, कानून कार्यान्वयन, र दङ्गा नियन्त्रण जस्ता कार्यहरू गर्छन्।
३. स्थानीय, नगर प्रहरी मुख्यतः समुदाय सुरक्षा, ट्राफिक नियन्त्रण, र स्थानीय अपराध न्यूनीकरण मा केन्द्रित हुन्छन्।
यसरी नेपाल सशस्त्र बल (प्रहरी) लाई संघीय सरकार मातहत, नेपाल प्रहरीलाई प्रदेश सरकार मातहत र ट्राफिक/सामुदायिक/नगर प्रहरीलाई स्थानीय सरकार मातहत स्पष्ट रूपले राख्नुपर्दछ। अन्यथा भन्नलाई देशमा संघीय व्यवस्था भने पनि राणाकालीन् प्रहरी व्यवस्था भन्दा केही फरक नहुने देखिन्छ। जनता समयमै सचेत रहनुहोला।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपक्षीलाई गृहमन्त्री गुरुङ प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

रोस्ट्रममा पुगेपछि भावुक बने गृहमन्त्री गुरुङ, केही नबोली फर्किए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...

गनेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन, महानगर घेराउ गर्न हिँडेका समूहलाई प्रहरीले रोक्यो

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

राष्ट्रिय सभा सदस्य विश्वकर्माद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्...

जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन असुरक्षित भयो: सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending