Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाऔं : नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढन आउने वातावरण बनाउनु पर्ने बताएका छन। राष्ट्रिय, निजी तथा आवासीय विद्यालय एसोसिएसनको ८औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता महरले उक्त धारणा राखेका हुन्।

महरले सरकारलाई बजेटमा यथोचित व्यवस्था गरेर विदेशी विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गर्न सुझाव दिएका छन्। 'यस प्रकारको छात्रवृत्तिले नेपालको अन्तराष्ट्रिय सम्म्बन्ध मजबुत बनाउनुका साथै शिक्षा प्रणालीमा विश्वासनीयता समेत निर्माण गर्न मद्दत पुग्छ। शिक्षा भूराजनीतिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण कडी बनेको छ। यस क्षेत्रमा सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ,' महरले भने।

नेपाललाई एक प्रमुख शिक्षा हब बनाउनका लागि महरले केही महत्त्वपूर्ण पक्ष प्रस्तुत गरेका छन्। उनले नेपालको भौगोलिक अवस्थिति र असंलग्न परराष्ट्र नीति प्रमुख फाइदाका रूपमा रहेको बताए। 

'भारत र चीन जस्ता ठूला मुलुकको नजिक रहेको नेपालले व्यापारिक सम्भावना तथा शिक्षा क्षेत्रमा ठूलो योगदान दिन सक्छ। नेपालले प्राकृतिक र जैविक विविधता, आयुर्वेद, पर्वतारोहण र मेडिकल शिक्षा जस्ता क्षेत्रमा अध्ययन तथा अनुसन्धानको ठूलो अवसर प्रदान गर्न सक्छ,' महरले भने।

उनले नेपालले सही रणनीति र योजनासँग विश्वस्तरीय शिक्षा प्रदान गर्न सम्भव रहेको धारणा राखेका छन्। शिक्षा क्षेत्रमा सही मार्गदर्शन र संशाधनको प्रयोग गरेर नेपाललाई विश्वभरका विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ।

यसका साथै उनले अधिकारको आन्दोलनसँगै कर्तव्य निर्वाहमा नचुक्न निजी क्षेत्रलाई सुझाव दिएका छन्। 'समाजको हरेक वर्ग आफ्नो अधिकारको संघर्षमा छ। अरुको अधिकारको चिन्ता देखिँदैन। कर्तव्य निर्वाहमा पनि कन्जुस्यायी देखिन्छ। थाति रहेको विद्यालय शिक्षा विधेयकमा पनि सबैले अधिकार मात्र खोजिरहनु भएको छ,' उनले भने।

विधेयक पास गर्नका लागि अधिकारका सवालमा सबैले थोरै आफ्नो तर्फबाट सम्झौता नगरे विधेयक ठिक ठाउँमा नपुग्नेमा शंका व्यक्त गर्दै नेता महरले उक्त कुरा बताएका हुन्। त्यसैले विधेयक पास गर्न सबैको दबाबका साथै केही सम्झौता पनि आवश्यक रहेको उनको धारणा छ।

नेता महरले निजी क्षेत्रको लगानी सुरक्षाका सवालमा कांग्रेस दृढ र प्रतिवद्ध रहेको बताएका छन्। 'कांग्रेस खुला बजारमा विश्वास गर्ने पार्टी हो। 'थ्री पी- पब्लिक प्राइभेट पार्टनरसिप' अवधारणाबाट कांग्रेस एक इन्च पछि हट्दैन,' उनले भने।

निजी क्षेत्रको लागनी सुरक्षा प्रत्याभूत गराउने सवालमा पार्टी सभापति शेरबहादुर देउवा पनि गम्भीर रहेको उनले प्रस्ट पारेका छन्। सभापति देउवासँग शिक्षा क्षेत्रको लगानी सुरक्षाका विषयमा आफूहरूको छलफल भएको र त्यस विषयमा सभापति देउवाले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रस्ट पारेको महरले स्मरण गरे।

'हाम्रो पार्टी सभापतिज्यूले म नेपालको प्रधानमन्त्रीसँग कुरा गर्छु। नेपालको संविधानले निजी लगानीको ग्यारेन्टी गर्ने भनेको छ। त्यसकारण कांग्रेस त्यसभन्दा पछाडि फर्किन सक्ने अवस्था छैन। प्रधानमन्त्रीसँग कुरा गरेर शिक्षा विधेयकमा निजी क्षेत्रको लगानीको आश्वस्तताको विषय पूरा गर्छु भन्नु भएको छ,' महरले भने। उनले निशंकोच शिक्षा क्षेत्रको समृद्धिका लागि काम गर्न सुझाव दिएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending