Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

स्ववियु निर्वाचनबारे त्रिविले जारी गरेको १३ बुँदे निर्देशनमा के छ ?

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको छ ।

शुक्रबार त्रिविको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो ।

त्रिविले जारी गरेको १३ बुँदे निर्देशन

१- क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्नेछ । साथै विशेष आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सकिनेछ ।

२- संघ सङ्गठन समूह दर्ता फारम एजेन्ट संख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढांचा लगायत आवश्यक फारमहरु क्याम्पस/कलेजको निर्वाचन समितिले तयार गर्नेछ ।

३- स्व.वि.यु.निर्वाचनमा प्रत्यक्ष तर्फ भागलिने “समूह” भन्नाले मतदाता सुचीमा नाम भएका विद्यार्थीहरु मध्येबाट एकजना संयोजक सहित कम्तिमा ११ जना सदस्य रहेको “समूह” बनाउनु पर्नेछ र उक्त समुहको बैठकले त्यस्तो समूह गठन गरेको निर्णय प्रतिलिपि प्रमाणित गरी समूह दर्ता गर्नुपर्ने छ ।

४- क्याम्पस विद्यार्थी कल्याण प्रमुख संयोजक वा सदस्य सचिव रहने उल्लेख हुनुलाई निर्वाचन अधिकृत वा निर्वाचन समितिको सदस्य सचिव रहने व्यवस्थाको रूपमा स्पष्ट गरिएको छ । क्याम्पस विद्यार्थी कल्याण प्रमुख नियुक्त नभएको अवस्थामा क्याम्पस प्रमुखले क्याम्पसका शिक्षकहरु मध्येबाट स्ववियु निर्वाचन प्रयोजनको लागि आवश्यक जिम्मेवारी तोक्न सक्नेछन् ।

५- क्याम्पसमा स्नातक तह वार्षिक प्रणाली अन्तर्गत प्रथम वर्ष र सेमेष्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।

६- क्याम्पस/ कलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।

७- क्याम्पस कलेजमा स्नातक तह वार्षिक र समेस्टर प्रणाली अन्तर्गत दोस्रो, तेस्रो सेमेष्टर र वर्षमा भर्नाको सन्दर्भमा ५ दिन अगाडि सम्मको भर्ना तोकिएकोमा उक्त दिन सार्वजनिक विदा परेमा क्याम्पस/ कलेज खुलेको दिनलाई बुझुनु पर्दछ ।

८- डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले २०५१ फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरी त्यस बीचमा परीक्षा दिएका वा दिइरहेका विद्यार्थीहरु सोही वर्ष र सेमेष्टरका मतदाताको रुपमा रहने तथा मतदान गर्ने समयमा सोही वर्ष र सेमेष्टरको क्याम्पस परिचय पत्र वा प्रवेश पत्रको आधारमा मतदानको व्यवस्था गर्न सकिनेछ । उक्त अवधिमा परीक्षा दिएका विद्यार्थीहरुलाई माथिल्लो कक्षामा तत्कालै भर्ना हुनुपर्ने बाध्यकारी अवस्था रहनेछैन ।

९- त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धि निर्देशिका २०८१ को दफा १३ को उपदफा ४ मा उल्लेख भएको वर्तमान स्ववियुको पदावधि सम्बन्धि व्यवस्थाको सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को परिच्छेद २ को दफा ३४८ को बुंदा (घ) आकर्षित हुनेछ ।

१०- त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यायको मंत्राधिकार कुनै एउटा क्याम्पसको एउटा तहको एउटा कक्षाको लागि मात्र हुनेछ ।

११- वार्षिक/ सेमेष्टर प्रणाली अन्तर्गत अन्तिम वर्ष सेमेष्टरमा यदि सैद्दान्तिक विषय नभएको अवस्थामा उक्त वार्षिक/ सेमेष्टरको अवधि साधारणतया एक वर्ष र छ महिनाको हुने भएकोले अन्तिम वर्ष सेमेष्टर भन्नाले उक्त वर्ष सेमेष्टर भन्दा अघिल्लो वर्ष सेमेष्टरको परीक्षा सकिएको दिनदेखि एक वर्ष छ महिनाको अवधिसम्म मात्र मताधिकार रहने छ । एक वर्ष छ महिनाको समयाबधि पुगेका पुर्ण वा आंशिक तलबी इन्टर्नमा रहेका विद्यार्थीहरुको मताधिकार रहने छैन ।

१२- निर्वाचन तालिकाको क्रमसंख्या ६ र १२ नम्बर बुँदाको कार्यक्रम यथावत हुनेगरी आवश्यकता अनुसार क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा हेरफेर गर्न थप आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्नेछ ।

१३- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको दिन क्याम्पस/ कलेज हाताभित्र स्वयं सेवकको व्यवस्थालाई पुर्ण रुपमा निषेध गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपक्षीलाई गृहमन्त्री गुरुङ प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

रोस्ट्रममा पुगेपछि भावुक बने गृहमन्त्री गुरुङ, केही नबोली फर्किए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...

गनेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन, महानगर घेराउ गर्न हिँडेका समूहलाई प्रहरीले रोक्यो

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

राष्ट्रिय सभा सदस्य विश्वकर्माद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्...

जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन असुरक्षित भयो: सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending