काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर एकीकृत स्वास्थ्य ऐन ल्याउने तयारी गरिरहेको बताएको छन ।
बिहीबार २८ औं स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा ऐनको ड्राफ्टको अन्तिम तयारी गरीरहेको जानकारी दिए।
उनले भने, “छुट्टै स्वास्थ्य सेवा ऐन आवश्यक रहेको ठहर गरेर ऐन बनाउन ड्राफ्ट अन्तिम चरणमा पुगेको छ । अब विज्ञसँग सुझाव लिन बाँकी रहेको छ ।”
साथै मन्त्री पौडेलले विकास समिति ऐन, औषधी ऐन लगायतका थुप्रै ऐन बन्ने तयारीमा रहेको जानकारी दिए।
मन्त्री एपौडेलले स्वास्थ्यकर्मीले काम गर्ने वातावरण बनाउने ऐन आवश्यक रहेको बताए । उनले स्वास्थ्यकर्मी, चिकित्सक, नर्सले दबाबमा काम नसक्ने बताउँदै स्वास्थ्य संस्थामा दबाब रहित वातावरण सिर्जना गर्न आग्रह गरे।
उनले भने, “चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीले दबाबमा काम गर्न सक्दैनन् । उहाँहरूलाई दबाब रहित वातावरण निमार्ण गरेर काम गर्ने अवसर दिनुपर्छ । आवेगमा आएर स्वास्थ्यकर्मीलाई दुःख दिएमा मानसिक रूपमा दबाब सिर्जना भएर प्रभावकारी सेवा दिन नसक्ने समस्या देखिन्छ ।”
दक्ष जनशक्ति किन बाहिर गइरहेका छन् ?भन्ने प्रश्न गर्नुहुँदै मन्त्री पौडेलले चिकित्सकको भविष्य सुनिश्चित गराउनुपर्ने बताए । चिकित्सकको सेवासुविधा पनि अरूभन्दा फरक गर्नुका साथै तह र तलब दुवैबाट पहिचान गर्न सकेमा सेवा प्रभावकारी हुने उहाँको ठहर छ । चिनचानको आधारमा काम हुने परिपाटीको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य सेवाका सबै कुरा ऐनले नै तोक्नुपर्ने आवश्यक रहेको मन्त्री पौडेलले जीकिर गरे । उनका अनुसार नीतिले गर्न मिल्छ गर्नैपर्छ । नीति अनुसार गर्न नमिल्ने काम गर्नु हुँदैन । स्वास्थ्य क्षेत्रमा काम भए पनि प्रभावकारी र व्यवस्थित नभएकाले चुनौती थपिएको उनको ठहर छ ।
स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकार तीनै तहका स्वास्थ्यकर्मीको मनोबल वृद्धि गर्न लागेको जानकारी दिए ।
त्यसैगरी, कार्यक्रममा मन्त्रालयका पूर्व सचिव डा।रोशन पोखरेलले स्वास्थ्य सेवा दिने सबै संस्था एकै ठाउँमा ल्याउन सकेमात्र स्वास्थ्य सेवा प्रभावकारी हुने बताए ।
उनले छुट्टै स्वास्थ्य सेवा ऐन आवश्यक रहेको बताउँदै छिट्टै ओएनएम सर्वे गरेर स्वास्थ्य क्षेत्रको दरबन्दी परिपूर्ती गर्न आवश्यक रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: