भद्रपुर । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ ।
झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।
बी डिभिजन लिगको तयारी गरिरहेको झापाले ए डिभिजन लिग उपविजेता मछिन्द्रलाई पहिलो खेलबाटै घर फर्काएको छ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले एक दर्जनभन्दा बढी प्रहार गरे पनि थप गोल भने हुन सकेन । खेलको २१ औँ मिनेटमा झापाका स्टाइकर पेनाल्टी एरियामा अनर्माक रहेका बोहोराले पाएको अवसर खेर फाले । ६२ औँ मिनेटमा काउन्टर अट्याक गरेका झापाका हरिबहादुर आले मगरको पावरफुल प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाउ गरे । खेलको ७८ औँ मिनेटमा झापाका प्रदिप बुढाथोकीले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलकिपर श्रेष्ठले रोके । ८० औँ मिनेटमा एलन थापाले गोल गर्न नसक्दा झापाले अग्रता दोब्बर बनाउन चुक्यो ।
मछिन्द्रले खेलको २० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । सनिस श्रेष्ठको कर्नर प्रहारमा विदेशी खेलाडी ओमोलाजा करिमको हेडर पोस्टमा लागेर फर्कियो । ३८ औँ मिनेटमा सौरभ लिम्बूको कडा प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरे । ८१ औँ मिनेटमा अशिषेक गुरुङ, दयानन्द सिंह र सनिस श्रेष्ठले पेनाल्टी एरियामा पाएको अवसर गुमाए । ८६ औँ मिनेटमा आदित्य शाक्यको प्रहार बारमा लागेर फर्किंदा मछिन्द्र निराश बनेको थियो ।
खेलको प्लेयर अफ द म्याच झापाका गोलकिपर लिम्बू भए । उनले नगद २१ हजारसहित ट्रफी पाए । शुक्रबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ भने प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट दिन एकजना दर्शकले दुई जनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: