Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

यस्तो छ माओवादीकाे हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानको कार्यतालिका

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानको समय तालिका सार्वजनिक गरेकाे छ । गएकाे पुस २३ गते सम्पन्न माओवादीकाे केन्द्रीय समिति बैठकको निर्णय अनुसार अभियानलाई अन्तिम रूप दिएर मातहतको समितिलाई परिपत्र पठाएको हाे । 

अभियानको उद्घाटन यही फागुन १२ गते झापाको कचनकवलको बनियानी बजारमा हुने र समापन चैत्र ७ गते कञ्चनपुरमा हुने परिपत्रमा उल्लेख गरिएकाे छ । अभियानको नाम: जनतासँग माओवादी, तराई मधेस जागरण अभियान राखेको छ । समय कार्यतालिका सामान्यतया: एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी विभाजन गरिएको छ । फागुन २० गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थारु मोर्चाको सम्मेलनको उद्घाटन गर्न कैलालीको टिकापुर जानुपर्ने भएकाले त्यो दिनको कार्यक्रम स्थगित गरिएको छ ।

यसैगरी अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि हुने छ भने अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने उल्लेख छ । बिहान, दिउँसो र बेलुका गरी स–साना तीन वटा कार्यक्रम तय गर्न सकिने छ । 

अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली र केही सञ्चारकर्मीहरु रहने छन् । सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र जनसमुदायहरू अभियानमा सहभागी हुनेछन् । अभियान सञ्चालनको लागि स्वयंसेवकको व्यवस्था सम्बन्धित प्रदेश समितिहरूले गर्नुपर्ने छ । साथै स्थानीय विशेषतासहितका सांस्कृतिक टोलीहरू, स्थानीय भेषभुषा, झाँकीहरू, स्थानीय पार्टी समितिहरूले तय गर्नुपर्ने छ । अभियानको व्यवस्थापन सम्बन्धित प्रदेश इञ्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्ने छन् । 

जस अन्तर्गत झापामा फागुन १२ गते, मोरङमा फागुन १३ गते, सुनसरीमा फागुन १५ गते कार्यक्रम हुनेछन् । मधेश प्रदेश अन्तर्गत सप्तरीमा फागुन १६ गते, सिराहामा फागुन १७ गते, धनुषामा फागुन १८ गते र महोत्तरीमा फागुन १९ गते कार्यक्रम हुनेछ ।

सर्लाहीमा फागुन २१ गते, रौतहटमा फागुन २२ गते, बारामा फागुन २३ गते, पर्सामा फागुन २४ गते कार्यक्रम हुनेछन् ।बागमती प्रदेश अन्तर्गत चितवनमा फागुन– २५ गते कार्यक्रम हुनेछ । गण्डकी प्रदेश अन्तर्गत नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते, लुम्बिनी प्रदेश अन्तर्गत परासी (नवलपरासी पश्चिम) मा फागुन २७ गते, रुपन्देहीमा फागुन २८ गते अभियान अन्तर्गतका कार्यक्रम हुनेछन् । 

कपिलवस्तुमा चैत २ गते, दाङमा चैत ३ गते, बाँकेमा चैत ४ गते, बर्दियामा चैत ५ गते कार्यक्रम हुनेछ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीमा चैत ६ गते कार्यक्रम हुनेछ । चैत ७ गते कञ्चनपुरमा कार्यक्रम हुनेछ र तराई मधेश जागरण अभियान समापन गरिनेछ । अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तक्र्रिया, जनभेटघाट हुने परिपत्रमा उल्लेख छ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरे बमोजिम हुने भनिएको छ । ‘बिहान, दिउँसो र बेलुका गरी स–साना तीन वटा कार्यक्रम तय गर्न सकिनेछ’ परिपत्रमा उल्लेख छ । 

तराई मधेश जागरण अभियान पछि २०८२ साल वैशाख महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय छ ।

यस्ताे छ कार्यक्रम तालिका 
कोशी प्रदेश
झापा– फागुन –१२ गते
मोरङ– फागुन १३ गते
सुनसरी– फागुन १५ गते
मधेश प्रदेश
सप्तरी– फागुन १६ गते
सिरहा– फागुन १७ गते
धनुषा– फागुन १८ गते
महोत्तरी– फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते
बागमती प्रदेश
चितवन– फागुन २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम)– फागुन २७ गते
रुपन्देही– फागुन २८ गते
कपिलवस्तु– चैत २ गते
दाङ– चैत ३ गते
बाँके– चैत ४ गते
बर्दिया– चैत ५ गते
सुदूरपश्चिम प्रदेश
कैलाली–चैत ६ गते
कञ्चनपुर– चैत ७ गते

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE