Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चितवनका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

खबरडबली संवाददाता

चितवन । चितवनको भरतपुर– २१ पार्वतीपुरस्थित श्री आधारभूत विद्यालय कञ्चनवस्तीका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्याग, स्टेसनरी तथा खेलकुदका सामग्री उपलब्ध गराइएको छ । हेल्प नेपाल नेटवर्कको सहयोग र इन्द्र भगवती अक्षय कोषको आयोजनामा यी सामग्री उपलब्ध गराइएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र पाण्डे, अध्यक्ष बाबुराम तिमिल्सिना, वडाध्यक्ष कृष्णकुमार गुरुङ, हेल्प नेपालका अन्तर्राष्ट्रिय संयोजक डिला खरेल, अक्षय कोषका संस्थापक भुपेन्द्र बस्नेत, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीलगायतको उपस्थिति थियो । 

सामग्री वितरण कार्यक्रममा बोल्दै हेल्प नेपालका अन्तर्राष्ट्रिय संयोजक खरेलले विद्यार्थीहरुका लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताए । चितवनको भरतपुर महानगरपालिका– ५ आनन्दपुर घर भएका खरेल विगत लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर काम गर्दै आएका छन् । 

२५ वर्षअघि स्थापना भएको हेल्प नेपालको हाल ३० वटा देशमा शाखा छन् । आधारभूत विद्यालय कञ्चनवस्ती २०३५ सालमा स्थापना भएको विद्यालय हो । यस विद्यालयमा विपिन्न परिवारका १०० जति विद्यार्थी पठनपाठन गर्दछन् । विद्यार्थीको सहजताका लागि भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आवश्यक सहयोग उपलब्ध गराउँदै आएको वडाध्यक्ष गुरुङले बताए । हरेक शुक्रबार विद्यार्थीहरूलाई व्यावहारिक तथा सिर्जनात्मक सिकाइका गतिविधि गराइँदै आइएको उनको भनाइ छ ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित भएका एलबी क्षेत्रीले सामुदायिक विद्यालयलाई राम्रो बनाउन शिक्षक तथा अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending