Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

तनहुँ कारागारमा पानीको अभाव, कर्मचारी र सुरक्षाकर्मीलाई अप्ठ्यारो

खबरडबली संवाददाता

तनहुँ । तनहुँ कारागारमा पानी अभावले बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई निकै अप्ठ्यारो परेको छ । कारागारमा दैनिक ४० हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटर मात्रै आपूर्ति भइरहेको समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी हुँदा पानीको समस्या सरसफाइ व्यवस्थापन सास्ती भएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। अधिकारीले भने, “दैनिक आवश्यकताभन्दा २० हजार लिटर कम पानी आपूर्ति हुँदा समस्या झेल्नु परेको छ ।’’ मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै आएकामा नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी हुँदा समस्या भएको अधिकारीले बताए।  पानीको आपूर्ति बढाउन कारागार विभागले विनियोजन गरेको २० लाख रुपियाँबाट नयाँ इनार खन्नुपर्ने काम भइरहेको र करिब ८० प्रतिशत काम पुरा भएको उहाँले जानकारी दिए।

मादी र सेती नदीको किनारबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाइ तथा शौचालयका लागि उपयोग गरिन्छ । पिउनका लागि भने कारागारभित्र दमौली खानेपानी तथा उपभोक्ता संस्थामार्फत चार वटा धारा जडान गरिएको छ । अधिकारीका अनुसार कारागारमा महिला र पुरुष गरी तीन सय २९ कैदी बन्दी छन् । महिला कारागारमा आमासँग दुई बालिका पनि आश्रित छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ३२ खर्ब नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। राष्ट्र बैंकल...

२१ फागुनको निर्वाचनमा पनि अन्तर क्षेत्र मतदान गर्न नपाउने

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले यसपटक पनि मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले शुक्रबार आयो...

धरौटीमा थुनामुक्त गर्न माग गर्दै टोपबहादुर दिए उच्च अदालतमा निवेदन

काठमाडौं । बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमा...

निर्वाचन प्रहरीमा भर्ना हुन फारम बुझाउनेको भिड

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ । काठमाडौं प्रहरी परिसर का...

विशेष महाधिवेशनका लागि प्रतिनिधि भेला हुने छ स्थान तोकियो

काठमाडौँ । २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरू भेला हुने छ वटा स्थान तोक...

रूसी ट्याङ्कर कब्जापछि पुटिनसँग सम्पर्कबारे ट्रम्प मौन

वासिङ्टन। एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटि...

रवि र कुलमानबिच 'वान–टु–वान’वार्ता: के संघीयता, धर्मनिरपेक्षता र समावेशितामा सहमति नजुटेको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच पुस १४ गते भएको एकताको सहमति कार्यान्वयनमा ढिलाइ भएको छ। सहमति अनुसा...

युवा मन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन्। उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले शुक्रबार जानकारी दिँदै मन्त्री गु...

परिणाम स्वीकारेर अघि बढ्नु नै उत्तम विकल्प: सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकारेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहर...

विशेष महाधिवेशनअघि महामन्त्री शर्मा, भण्डारी र सुनील शर्मा भृकुटीमण्डपमा

काठमाडौँ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, डा। चन्द्र भण्डारी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending