धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग काम गर्न असहज लाग्नेले मन्त्री पदबाट राजीनामा दिँदा हुन्छ भनी अभिव्यक्ति दिएको छन । कञ्चनपुरको महेन्द्रनगरमा सोमबार आयोजित आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो अभिव्यक्ति दिएको हो । मुख्यमन्त्री शाहले स्पष्ट रूपमा भने, “मसँग असहज मान्ने मन्त्रीले राजीनामा दिएर जाँदा हुन्छ र कर्मचारीले पनि सरुवा लिएर जान सुझाव छ ।”
विभिन्न किसिमका तर्क दिएर बजेट कार्यान्वयन ढिला गराउने र अल्झाउने काम कसैले नगर्दिनुहोला भन्दै उहाँले कुनै मन्त्री र राज्यमन्त्रीलाई काम गर्न असहज छ भने राजीनामा दिए हुन्छ, कर्मचारीलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ तर सुशासन र जनतालाई सेवासुविधा दिने कुरामा कोही कसैसँग सम्झौता नहुने बताए।
मुख्यमन्त्री शाहले बजेट निर्माण गर्दा केही न केही मापदण्ड बनाएर अघि बढ्नु पर्छ, त्यसो गर्न सके जनताका काम सहज रूपमा हुने बताए । उनले जनतालाई सेवासुविधा दिने क्रममा कुनै समस्या आए आफूले समाधान गर्ने र त्यसका लाग जेल जानु परे जान पनि तयार रहेको बताए ।
मुख्यमन्त्री शाहले बजेटमा बजेटलाई जनतामुखी र उत्पादनमुखी बनाउन सकिन्छ त्यसका लागि स्पष्ट खाका लिएर आउन निर्देशन दिए। सही ढङ्गले काम गरे अहिलेकै कर्मचारीले धेरै हुने बताउँदै उनले कर्मचारी अभावका कारण कार्यसम्पादन कम भएको भन्ने कुरा गलत रहेको बताए।
उनले सो अवसरमा चालु वर्षका आयोजना पनि के कसरी अगाडि बढ्दै छन्, तालिकासहित मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउन पनि निर्देशन दिए। गत वर्ष साढे ३६ अर्बको बजेट साढे २९ अर्बमा ल्याउने हिम्मत पनि आफैँले गरेको दाबी पनि उहाँले गर्नुभयो । सो कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश सभा सदस्य, प्रमुख सचिव, सबै मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: