काठमाडौं । भारतको ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले राष्ट्रियसभा र प्रतिनिधिसभा तातेको छ । दुवै सदनको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभामा बोल्दै एमाले सांसद ठाकुर गैरेले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे । उनले विद्यालयका प्रशासकहरूले नेपाली विद्यार्थी र नेपालीहरूप्रति गरिएको व्यवहार र शब्दप्रति आपत्ति जनाए । ‘स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्रको हिसाबले नेपाल र नेपालीहरूप्रति गर्नुपर्ने न्यूनतम व्यवहारसमेत नभएकोमा अचम्म व्यक्त गर्न चाहन्छु । यस्तो खालको कुरा नेपाल र नेपालीका लागि सह्य छैन,’ उनले बैठकमा भने ।
यस्तै, माओवादी सांसद माधव सापकोटाले पनि विद्यार्थीलाई त्यहाँ अपमानजनक व्यवहार गरेको प्रति आपत्ति जनाए । ‘सिङ्गो नेपाल र नेपालीमाथि धावा बोलियो । तर, सरकारको कूटनीतिक असक्षमताको कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीहरूले असुरक्षित छन्,’ उनले भने । उनले घटनाको अनुसन्धान गर्नका लागि उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवाद गर्नका लागि सरकारसँग माग गरे ।
यस्तै, रास्वपाका सांसद मनिष झाले संसद र सिंहदरबारमा दुईतिहाइको दम्भ देखिए पनि जनताले दुईतिहाइको अनुभूति गर्न नपाएको बताए । ‘हाम्रो कूटनीति कति कमजोर भयो कि, छिमेकमा एउटा कलेजको चौकीदारले पनि हाम्रो नागरिकलाई सजिलै पिट्दिन पाए । तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको जति पनि छैन भनेर हेप्न पाए । हामी दुईतिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर हाम्रा नागरिकहरूले फिल गर्न पाएकै रहेनछन्,’ उनले भने ।
माओवादी सांसद सुदन किराँतीले हिजोको प्रतिनिधिसभाको बैठकमा रास्वापा सांसद सुमना श्रेष्ठलाई बोल्न नदिएको विषयमा आलोचना गरे । ‘देश स्तब्ध भएको बेला हाम्रो संसद बेखबर रह्यो । माननीयहरूलाई यो विषयमा बोल्न प्रतिबन्धजस्तै गरियो । आज बोल्न मिल्ने हिजो बोल्न नमिल्ने किन होला सभामुख महोदय ?,’ उनले भने, ‘के नियमावलीले छेक्यो कि नियतिले रोक्यो ? कि प्रक्रियाम त्रुटि भयो वा हाम्रो मस्तिष्कमा पूर्वाग्रह रह्यो । हाम्रो संसदमा नागरिकको एजेन्डाले स्थान पाउन छोड्यो । मिडिया खपतका लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डाजस्तै संसद बन्दै गएको छ ।’
त्यस्तै, सांसद सीताकुमारी रानाले नेपाली सुरक्षा र संरक्षणका लागि सरकारले सक्रियता बढाउन सरकारको ध्यानाकर्षण गराइन् । त्यस्तै, सांसद सीता मिजारले पनि मृत्यु प्रकरणको विषयमा छानविका लागि आदोलन गर्दा ज्यादतीको भर्त्सना गरिन् । उनले पनि नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।
यस्तै, सांसद शेरबहादुर कुवँरले नेपाली विद्यार्थीलाई होस्टलबाट थुतेर ४० किलोमिटर पर लगेर अलपत्र छाडिएको र उनीहरूको मोबाइल पनि लुटिएको बताए । ‘देशप्रति घृणा गर्ने र आपत्तिजनक शब्द प्रयोग गरिएका छन् । यसले हामी नेपाली सबैको शिर झुकेको छ । यसको घोर निन्दा गर्दछु । त्यहाँ बस्ने विद्यार्थीका लागि सुरक्षित वातावरण बनाइयो,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - २२:२३
धुलीखेल । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उ...
चैत्र २४ गते, २०८२ - २२:२०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजक समितिको बैठक प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा र भावी राजनीतिक कार्यदिशा तय गर्ने ...
चैत्र २४ गते, २०८२ - २२:१६
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–दुम्लिङ पुगेर महाकाली नदीमा श्रमदानमार्फत पुल निर्माणको पहल गर्ने घोषणा गरेका हर्क साम्पाङ स्थानीयको पीडा सुनेर...
चैत्र २४ गते, २०८२ - २२:१०
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ...
चैत्र २४ गते, २०८२ - २२:०८
महोत्तरी । पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप...
चैत्र २४ गते, २०८२ - २२:००
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ...
चैत्र २४ गते, २०८२ - २१:४२
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गरेका छन्...
चैत्र २४ गते, २०८२ - २१:३६
काठमाडाैँ । विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलङ्काको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान ...
चैत्र २४ गते, २०८२ - २१:२६
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले दिएको जाहेरीका आधारमा उनका पूर्वपति जिपी तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई नियन्त...
चैत्र २४ गते, २०८२ - २१:१७
काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–०...


प्रतिकृया लेख्नुहोस्: