काठमाडौं । भारतको ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले राष्ट्रियसभा र प्रतिनिधिसभा तातेको छ । दुवै सदनको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभामा बोल्दै एमाले सांसद ठाकुर गैरेले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे । उनले विद्यालयका प्रशासकहरूले नेपाली विद्यार्थी र नेपालीहरूप्रति गरिएको व्यवहार र शब्दप्रति आपत्ति जनाए । ‘स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्रको हिसाबले नेपाल र नेपालीहरूप्रति गर्नुपर्ने न्यूनतम व्यवहारसमेत नभएकोमा अचम्म व्यक्त गर्न चाहन्छु । यस्तो खालको कुरा नेपाल र नेपालीका लागि सह्य छैन,’ उनले बैठकमा भने ।
यस्तै, माओवादी सांसद माधव सापकोटाले पनि विद्यार्थीलाई त्यहाँ अपमानजनक व्यवहार गरेको प्रति आपत्ति जनाए । ‘सिङ्गो नेपाल र नेपालीमाथि धावा बोलियो । तर, सरकारको कूटनीतिक असक्षमताको कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीहरूले असुरक्षित छन्,’ उनले भने । उनले घटनाको अनुसन्धान गर्नका लागि उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवाद गर्नका लागि सरकारसँग माग गरे ।
यस्तै, रास्वपाका सांसद मनिष झाले संसद र सिंहदरबारमा दुईतिहाइको दम्भ देखिए पनि जनताले दुईतिहाइको अनुभूति गर्न नपाएको बताए । ‘हाम्रो कूटनीति कति कमजोर भयो कि, छिमेकमा एउटा कलेजको चौकीदारले पनि हाम्रो नागरिकलाई सजिलै पिट्दिन पाए । तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको जति पनि छैन भनेर हेप्न पाए । हामी दुईतिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर हाम्रा नागरिकहरूले फिल गर्न पाएकै रहेनछन्,’ उनले भने ।
माओवादी सांसद सुदन किराँतीले हिजोको प्रतिनिधिसभाको बैठकमा रास्वापा सांसद सुमना श्रेष्ठलाई बोल्न नदिएको विषयमा आलोचना गरे । ‘देश स्तब्ध भएको बेला हाम्रो संसद बेखबर रह्यो । माननीयहरूलाई यो विषयमा बोल्न प्रतिबन्धजस्तै गरियो । आज बोल्न मिल्ने हिजो बोल्न नमिल्ने किन होला सभामुख महोदय ?,’ उनले भने, ‘के नियमावलीले छेक्यो कि नियतिले रोक्यो ? कि प्रक्रियाम त्रुटि भयो वा हाम्रो मस्तिष्कमा पूर्वाग्रह रह्यो । हाम्रो संसदमा नागरिकको एजेन्डाले स्थान पाउन छोड्यो । मिडिया खपतका लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डाजस्तै संसद बन्दै गएको छ ।’
त्यस्तै, सांसद सीताकुमारी रानाले नेपाली सुरक्षा र संरक्षणका लागि सरकारले सक्रियता बढाउन सरकारको ध्यानाकर्षण गराइन् । त्यस्तै, सांसद सीता मिजारले पनि मृत्यु प्रकरणको विषयमा छानविका लागि आदोलन गर्दा ज्यादतीको भर्त्सना गरिन् । उनले पनि नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।
यस्तै, सांसद शेरबहादुर कुवँरले नेपाली विद्यार्थीलाई होस्टलबाट थुतेर ४० किलोमिटर पर लगेर अलपत्र छाडिएको र उनीहरूको मोबाइल पनि लुटिएको बताए । ‘देशप्रति घृणा गर्ने र आपत्तिजनक शब्द प्रयोग गरिएका छन् । यसले हामी नेपाली सबैको शिर झुकेको छ । यसको घोर निन्दा गर्दछु । त्यहाँ बस्ने विद्यार्थीका लागि सुरक्षित वातावरण बनाइयो,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: