Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

सोविता र सुमनालाई बोल्न नदिएकोबारे सभामुख- प्रक्रियाभन्दा बाहिर गएर सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजियो

खबरडबली संवाददाता

काठमाडौं । सोविता गौतम र सुमना श्रेष्ठलाई संसदमा बोल्न समय नदिएकोबारे सभामुख देवराज घिमिरेको सचिवालयले प्रष्टीकरण दिएको छ । 

सोमबार सांसद श्रेष्ठले र यसअघि माघ २७ गते गौतमले बोल्नका लागि समय माग गरेका थिए । तर सभामुखले समय नदिएको भन्दै आलोचना भएको थियो । सोही विषयमा सचिवालयले गलत प्रचारबाजी गरिएको जनाएको हो ।

घिमिरेको सचिवालयका अनुसार गौतमले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् । सभामुखले विधेयक पारित भइसकेकाले आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।

विधेयक पारित गर्नुअघि नै सभामुखले कानून मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न मागेकी थिइन् । 

तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरू नै विषय भए राख्न सक्ने सभामुखले भनेको उनको सचिवालयले जनाएको छ ।

यस्तै, सोमबारको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमना भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आएको पनि सचिवालयले जनाएको छ ।

सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरे लगत्तै सुमना आएको उल्लेख गर्दै सचिवालयले भनेको छ, ‘‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईँले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईँको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो ।’

रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै रहेको र बोल्नका लागि पनि कुनै दलीय अनुरोध नआएको सचिवालयले जनाएको छ ।

सभामुखको सचिवालयले भनेको छ, ‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो । त्यो पनि अभ्यास छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ । सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो ।’

आकस्मिक समयमा बोल्नका लागि बैठक सुरु हुनुभन्दा अगाडि नै कम्तीमा २० देखि ३० जनाले समय माग्ने गरेकोमा बढी १० जनाले मात्रै समय पाउने गरेको पनि सचिवालयले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनले फेरि भने- किर्तिपुरको डाँडामा ल्यापटप चलाएर ३-४ लाख कमाउन सकिन्छ, हावादारी कुरा गरेको होइन (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रलाई विश्व स्तरमा पुर्‍याउने आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याएका छन्।...

मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक काल...

हिउँदे वर्षात नहुँदा किसान चिन्तित

भोजपुर । हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित ...

बंगलादेशका नयाँ नेताले देशमा परिवर्तन ल्याउन सक्लान् ?

काठमाडौँ। ठिक दुई वर्षअघि बाङ्ग्लादेशमा शेख हसिनाले पुन: निर्वाचन जित्दै गर्दा १५ वर्ष देखिको सत्तामाथि उनको पकड अचानक गुम्ने कल्पना सम्म गर्ने अवस्था...

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौँ। गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्...

नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन घोषणा

काठमाडौँ । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति...

सुन्तला बेचेर २० लाख आम्दानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष सुन्तला खेतीबाट उल्लेख्य आम्दानी गरेका छन्। आफ्नो १५ रोपनी क्षेत्...

नेकपाले निर्वाचन आयोगलाई बुझायो प्रतिबद्धता पत्र

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग समक्ष पेस गरेको छ । पार्...

चीनले क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति लागू गर्ने

काठमाडाैँ । चीनले क्यानडा र बेलायतका साधारण राहधानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागु गर्ने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प...

प्रतिनिधिसभा निर्वाचन- आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE