Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

अवैध रुपमा सञ्चालनमा रहेका जनकपुरका १८ अस्पताल बन्द

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहसहितको टोलीले गरेको अनुमगनबाट जनकपुरधाममा अवैध रुपमा १८ वटा अस्पताल बन्द भएका छन् । मुख्यमन्त्री सिंह तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीसहितले गत सातादेखि थालेको नीजि अस्पताल अनुगमनबाट दर्ता प्रक्रियाबिना सञ्चालनमा आएका १८ वटा अस्पताल बन्द भएका हुन् ।

अनुगमन टोलीले ४० नीजि अस्पताल अनुगमन गरिसकेको छ । यहाँका बिनादर्ता सञ्चालित मुस्कान अस्पताल, अरमान हस्पिटल, सहयोग हस्पिटल, जनकपुर मोर्डन हस्पिटल, माँ गायत्री मेमोरियल हस्पिटल, रामा मेमोरियल हस्पिटल, जनकपुर सिता हस्पिटल, बिएन हस्पिटल, ज्योति आँखा अस्पताल, जनकपुर गोल्डेन हस्पिटल, जनकपुर मधेश हस्पिटल, लाइफ केयर एण्ड रिसर्च सेन्टर, न्युरो सेन्टर, कृष्णा अस्पताल, जनकपुर गोदावरी हस्पिटल, जनक मेमोरियल हस्पिटल, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र जनकपुर मोडल अस्पताल बन्द भएका छन् ।  

यस्तै, अनुगमनबाट नवीकररण नभएका अस्पतालमा समर हस्पिटल, श्रीराम हस्पिटल, जनकपुर ग्राण्डी अस्पताल, साई मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, ओम दीर्घायु अस्पताल, मिहीलाल एन्टरनेशनल, जनकपुर सुरक्षा अस्पताल, विनयतारा फाउण्डेशन, धनुषा अस्पताल, जनकपुर सिटी, नवजीवन अस्पताल, बैदेही अस्पताल, एडभान्स सिटी एण्ड डाइगनोष्टिक सेन्टर रहेका छन् ।

अनुगमनका क्रममा कागजी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका जनकपुरधामका अस्पतालमा नैना अस्पताल, म्याक्स लाइफ, स्वस्तिक अस्पताल, हिरा हस्पिटल एण्ड रिसर्च सेन्टर, न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर, कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर, जीवन ज्योति, केयर मेडिकल सेन्टर र अपोलो अस्पताल भेटिएको जनाएको छ ।

मुख्यमन्त्री सिंह तथा प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले अनुगमनको क्रममा बन्द गराएका १८ अस्पताललाई दर्ता प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न पाउने चेतावनी दिएको छ । नवीकरण नभएका १३ अस्पताललाई नवीकरणका लागि दुई महिनाको समयावधि दिएको छ ।

अनुगमन गरिएकोमध्ये नौवटा अस्पताल विधिवत रुपमा सञ्चालन रहेको पाइएको अनुगमन समितिका सदस्य एवं मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले जानकारी दिए । उनले कुनै पनि निकायबाट अस्पताल सेवा सञ्चालन स्वीकृति नलिइ सञ्चालन भएका १८ अस्पताल बन्द गरिएको बताए । उनले भने, “बन्द भएका अस्पतालले दर्ता गरेर पुनः सञ्चालन गर्न सकिन्छ ।”

अस्पतालमा स्वास्थ्य सेवामा भइरहेको अनियमित्ताको जरोसम्म पुग्न मुख्यमन्त्री सिंहले आइतबार राति नाटकीय शैली अपनाउँदै एम्बुलेन्स चालक भएर फोन वार्तालाभ गरेका थिए । उनले आफैंलाई एम्बुलेन्स चालकको रूपमा परिचय गराउँदै मोडल अस्पतालका गार्डलाई फोन गर्दा स्वास्थ्य क्षेत्रमा भइरहेको दलालीको पर्दाफास गरे । 

मुख्यमन्त्री सिंहले आफूलाई  ३११२ नम्बरको एम्बुलेन्सचालक सरोज भनेर चिनाउँदै बिरामी लिएर अस्पतालमा भर्ना गराउन खोजेको फोनवार्ताका क्रममा अस्पताल पक्षले अनावश्यक शुल्क असुल्ने, दलालमार्फत बिरामी भित्र्याउनेजस्ता गतिविधि खुलेका छन् ।

मुख्यमन्त्री सिंहले भने, “दलाली गरेर बिरामीलाई आर्थिक शोषण गर्ने कार्य सह्य हुँदैन । प्रदेश सरकारले यस्ता अनियमित गतिविधि नियन्त्रण गर्न कडाइका साथ लागेको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE