Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अवैध रुपमा सञ्चालनमा रहेका जनकपुरका १८ अस्पताल बन्द

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहसहितको टोलीले गरेको अनुमगनबाट जनकपुरधाममा अवैध रुपमा १८ वटा अस्पताल बन्द भएका छन् । मुख्यमन्त्री सिंह तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीसहितले गत सातादेखि थालेको नीजि अस्पताल अनुगमनबाट दर्ता प्रक्रियाबिना सञ्चालनमा आएका १८ वटा अस्पताल बन्द भएका हुन् ।

अनुगमन टोलीले ४० नीजि अस्पताल अनुगमन गरिसकेको छ । यहाँका बिनादर्ता सञ्चालित मुस्कान अस्पताल, अरमान हस्पिटल, सहयोग हस्पिटल, जनकपुर मोर्डन हस्पिटल, माँ गायत्री मेमोरियल हस्पिटल, रामा मेमोरियल हस्पिटल, जनकपुर सिता हस्पिटल, बिएन हस्पिटल, ज्योति आँखा अस्पताल, जनकपुर गोल्डेन हस्पिटल, जनकपुर मधेश हस्पिटल, लाइफ केयर एण्ड रिसर्च सेन्टर, न्युरो सेन्टर, कृष्णा अस्पताल, जनकपुर गोदावरी हस्पिटल, जनक मेमोरियल हस्पिटल, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र जनकपुर मोडल अस्पताल बन्द भएका छन् ।  

यस्तै, अनुगमनबाट नवीकररण नभएका अस्पतालमा समर हस्पिटल, श्रीराम हस्पिटल, जनकपुर ग्राण्डी अस्पताल, साई मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, ओम दीर्घायु अस्पताल, मिहीलाल एन्टरनेशनल, जनकपुर सुरक्षा अस्पताल, विनयतारा फाउण्डेशन, धनुषा अस्पताल, जनकपुर सिटी, नवजीवन अस्पताल, बैदेही अस्पताल, एडभान्स सिटी एण्ड डाइगनोष्टिक सेन्टर रहेका छन् ।

अनुगमनका क्रममा कागजी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका जनकपुरधामका अस्पतालमा नैना अस्पताल, म्याक्स लाइफ, स्वस्तिक अस्पताल, हिरा हस्पिटल एण्ड रिसर्च सेन्टर, न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर, कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर, जीवन ज्योति, केयर मेडिकल सेन्टर र अपोलो अस्पताल भेटिएको जनाएको छ ।

मुख्यमन्त्री सिंह तथा प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले अनुगमनको क्रममा बन्द गराएका १८ अस्पताललाई दर्ता प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न पाउने चेतावनी दिएको छ । नवीकरण नभएका १३ अस्पताललाई नवीकरणका लागि दुई महिनाको समयावधि दिएको छ ।

अनुगमन गरिएकोमध्ये नौवटा अस्पताल विधिवत रुपमा सञ्चालन रहेको पाइएको अनुगमन समितिका सदस्य एवं मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले जानकारी दिए । उनले कुनै पनि निकायबाट अस्पताल सेवा सञ्चालन स्वीकृति नलिइ सञ्चालन भएका १८ अस्पताल बन्द गरिएको बताए । उनले भने, “बन्द भएका अस्पतालले दर्ता गरेर पुनः सञ्चालन गर्न सकिन्छ ।”

अस्पतालमा स्वास्थ्य सेवामा भइरहेको अनियमित्ताको जरोसम्म पुग्न मुख्यमन्त्री सिंहले आइतबार राति नाटकीय शैली अपनाउँदै एम्बुलेन्स चालक भएर फोन वार्तालाभ गरेका थिए । उनले आफैंलाई एम्बुलेन्स चालकको रूपमा परिचय गराउँदै मोडल अस्पतालका गार्डलाई फोन गर्दा स्वास्थ्य क्षेत्रमा भइरहेको दलालीको पर्दाफास गरे । 

मुख्यमन्त्री सिंहले आफूलाई  ३११२ नम्बरको एम्बुलेन्सचालक सरोज भनेर चिनाउँदै बिरामी लिएर अस्पतालमा भर्ना गराउन खोजेको फोनवार्ताका क्रममा अस्पताल पक्षले अनावश्यक शुल्क असुल्ने, दलालमार्फत बिरामी भित्र्याउनेजस्ता गतिविधि खुलेका छन् ।

मुख्यमन्त्री सिंहले भने, “दलाली गरेर बिरामीलाई आर्थिक शोषण गर्ने कार्य सह्य हुँदैन । प्रदेश सरकारले यस्ता अनियमित गतिविधि नियन्त्रण गर्न कडाइका साथ लागेको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending