कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१० बस्ने १०८ वर्षीया तुलसादेवी देउवाको (आइटी फ्याक्चर) खुट्टाको शल्यक्रिया सफल भएको हो ।
अस्पतालका विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डा दुर्गेस चौधरी, डा सुवर्ण पौडेल, डा मुकेश गामीलगायतको टोलीले शल्यक्रिया गरेको थियो । ‘उहाँको हामीले उच्च सावधानी अपनाएर शल्यक्रिया सफल रुपमा गरेका छौँ,’ अस्पतालका चिकित्सक डा चौधरीले भने, ‘यो दुलर्भ नै हो ।’ उनका अनुसार धेरै उमेर पुगेका वृद्धवृद्धामा शल्यक्रिया गर्न धेरै जोखिम हुने भएकाले चिकित्सकले शल्यक्रिया गर्न सुझाव नै दिँदैनन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यो दुलर्भ र जोखिमपूर्ण भए पनि अस्पततालका विशेषज्ञ चिकित्सकले सफल शल्यक्रिया गरेको बताए । ‘हामीले शल्यक्रियाका जोखिमबारे उहाँको परिवारलाई जानकारी दिएका थियौँ,’ अध्यक्ष भट्टले भने, ‘उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि अस्पतालको टोलीले काम सफल रुपमा गर्यो ।’
वृद्धाका छोरा गोपालबहादुर देउवाका अनुसार गत माघ २५ गते खाटमा बस्ने क्रममा भुइँमा खसेर उनको खुट्टा भाँचिएको थियो । ‘उमेर भइसकेका आमाको अप्रेसन सफल भयो हामी धेरै खुसी भयौँ’, देउवाले भने, ‘खुट्टाको शल्यक्रियापछि अहिले स्वास्थ्यमा सुधार आएको छ ।’
पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएपछि जटिल प्रकारका शल्यक्रिया महेन्द्रनगरमै हुन थालेका छन् । अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक, १२ मेडिकल अफिसर र छजना डेन्टलले सेवा दिँदै आएका छन् । अस्पतालले स्वास्थ्य सेवा सुधार गरेपछि सामान्य उपचारका लागि पनि यहाँका स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: