Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त

खबरडबली संवाददाता

टोकियो । सन् २०२४ मा जापानको आर्थिक वृद्धिदर अत्यधिक सुस्त भएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीति, आयात शुल्कलगायतका कारण विश्वको चौथो ठूलो अर्थतन्त्रमा परेको असरप्रति जापानी कम्पनीहरू चिन्तित भइरहेका बेला यो आँकडा आएको हो । 

सन् २०२४ मा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ०.१ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १.५ प्रतिशतभन्दा निकै कम हो । तर अक्टोबर–डिसेम्बरको आँकडा भने उज्वल थियो । जुलाई–सेप्टेम्बरमा ०.४ प्रतिशतबाट अक्टुबर–डिसेम्बरमा त्रैमासिक–दर वृद्धि ०.७ प्रतिशत कायम भएको थियो । दशकौंको सबैभन्दा भयानक आँधी शक्तिशाली भूकम्पको’ चेतावनीबीच अक्टूबर डिसेम्बरमा त्रैमासिक–दर वृद्धि ०.७ पुगेको हो । 

चौथो त्रैमासिकको ०.३ प्रतिशतको वृद्धिको आँकडा पनि बजार अपेक्षाभन्दा दोब्बर भन्दा बढीले कमी हो । मुडिज एनालिटिक्सका स्टेफन एन्ग्रिकले भने, “सतहमा हेर्दा सन् २०२४ को अन्तिम अवधिमा जापानको कुल गार्हस्थ्य उत्पादन वृद्धि एउटा सुधारको सङ्केतजस्तो देखिन्छ ।”

“जापानको प्रारम्भिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आँकडा निकै कमजोर छ र सुधार हुनु सामान्य कुरा हो तर ठूलो मात्रामा सुधारको आवश्यकता छ,” उनले भने । “अझै पनि हिलोमा फसेको घरेलु अर्थव्यवस्थालाई उत्साहित प्रमुख आँकडाले अर्थतन्त्र संरक्षण गर्ने सङ्केत देखिन्छ । तलब लाभले तीन वर्षसम्म बलियो बनको मुद्रास्फीतिलाई पछाडि पारेको छ,” एन्ग्रिकले भने । 

उनले भने, “विश्वव्यापी व्यापारको लागि खराब अवस्थालाई ध्यानमा राख्दै, जापानले सन् २०२५ मा आर्थिक वृद्धिको सुस्ततालाई नियन्त्रणमा लिनको लागि निर्यातमा भरोसा गर्न सक्षम हुनेछैन ।” ट्रम्पले गत हप्ता अप्रिल २ देखि आयातित कारमा कर लगाउने योजना बनाएको बताएका थिए । 

दैवा इन्स्टिच्युट अफ रिसर्चले जीडीपीको पछिल्लो आँकडा सार्वजनिक गर्नुअघि भनेको छ, “मोटर गाडीको उत्पादन सामान्यीकरणलगायत विभिन्न वृद्धिका कारकहरू देखिएका छन् ।” संस्थानले एक रिपोर्टमा भनेको छ, “कर्पोरेसनहरूको तर्फबाट पूँजीगत खर्चको लागि तीव्र चाहना, र आन्तरिक खपतमा पुनरागमन’ पनि सकारात्मक कारकहरू रहेका थिए ।”

गत वर्ष जर्मनीलाई उछिनेर जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको थियो र भारतले यस दशकको अन्त्यतिर दुवै देशलाई उछिनेको अनुमान गरिएको थियो । स्थितिमा आएको परिवर्तनले मुख्यतया डलरको तुलनामा येनमा आएको तीव्र गिरावटलाई प्रतिबिम्बित गरेको विश्लेषकहरूले त्यतिबेला बताएका थिए । 

गत जनवरीमा बैङ्क अफ जापान (बिओजे)ले १७ वर्षपछि पहिलो पटक मार्चमा ब्याजदर वृद्धि गरेको थियो । सन् २००८ यताकै सबैभन्दा बढी ऋण लिने लागत मापन गरिएको यो कदमले ‘निरन्तर’ बढ्दो ज्याला र वित्तीय बजार ‘समग्रमा स्थिर’ हुनुलाई पनि आधार बनाएको बैङ्कले जनाएको छ । हालैका वर्षहरूमा अन्य केन्द्रीय बैङ्कहरूले उधारो लागत बढाएपनि बिओजे भिन्नरूपमा उभिएको थियो । 

अन्ततः यसले मार्चमा दरलाई शून्यताभन्दा माथि उठायो र यसले जापानको ‘हराएको दशकौँ’ को आर्थिक स्थिरता र स्थिर वा घट्दो मूल्यहरूको सामना गर्न बनाइएको नीतिहरूबाट टाढा जाने सङ्केत दियो । क्यापिटल इकोनोमिक्सले सोमबार एक सूचनामा भनेको छ, “जीडीपीको चौथो त्रैमासिकमा भएको उछाल व्यापक नभएपनि यसले हाम्रो विचारलाई समर्थन गर्छ । बैङ्क अफ जापानले यस वर्ष नीतिलाई धेरैले अनुमान गरेभन्दा बढी आक्रामक रूपमा कडा बनाउनेछ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending