Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

खबरडबली संवाददाता

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्मै ठेलमठेल भएर उक्त नाच हेरे । रैथाने संस्कृतिको आनन्द बटुले । लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाचिरहेका कलाकारले दर्शकदीर्घाको मन जिते । नाच अवलोकनका लागि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकसहितका विशिष्ट व्यक्तिहरू पनि किनाराटोल आइपुगेका थिए । 

नौ वर्षको अन्तरालमा गत भदौ ११ मा सुरु भएको हनुमान नाच त्यसयता तेस्रोपटक विधिवत् रूपमा नचाइएको हो । भदौ ११ बागलुङ नगरपालिका–३ नारायणचोक, मङ्सिर १५ मा वडा नं २ लोकतान्त्रिकचोक र शनिबार वडा नं ३ किनाराटोलमा नाच निकालिएको हनुमान संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए । यही फागुन १० गते राधाकृष्णटोलमा नाचको तयारी भइरहेको उनले बताए । 

नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन र पूजाविधि गरेपछि हनुमान नाच सुरु भएको थियो । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परासमेत रहिआएको छ । नारायणचोकमा मुख्य पूजाआजासहित नाच सुरु गरेपछि बजारका विभिन्न टोलटोलमा पुगेर उक्त नाच देखाउने चलन छ । 

‘टोल पूजाका रूपमा त्यो सञ्चालन हुन्छ, माग भए जिल्लाबाहिर पनि पुगेर नाच देखाउन सकिन्छ’, हनुमान नाचका मूलकजी (व्यवस्थापक) ईश्वरप्रसाद मलेपतिले भने, ‘टोल पूजा सकिएपछि यसपालिको हनुमान नाचलाई विधिवत् रूपमा विसर्जन गर्छौँ ।’ यसअघि विसं २०७२ र विसं २०६३ मा हनुमान नाच देखाइएको उनको भनाइ छ । 

मेला–महोत्सवमा झाँकीका रूपमा नाच प्रदर्शन गर्ने गरिए पनि विधिवत् रूपमा नाच निकाल्न भन लामो समय कुर्नुपर्ने अवस्था रहेको परिषद्ले जनाएको छ । हनुमान नाच खर्चिलो मानिन्छ । एकैपटक धेरै कलाकार र व्यवस्थापकहरू आवश्यक पर्ने हुँदा तयारीका लागि धेरै समय चाहिने मूलकजी मलेपतिले बताए । उनका अनुसार यसअघि काठमाडौँ, भक्तपुर, पोखरा, भैरहवालगायतका ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । चैतको अन्तिम मङ्गलबार नाच समापन गर्ने पूर्वयोजना रहेपनि वैशाख–जेठसम्म नाच लम्बिने देखिएको उनको भनाइ छ । 

के हो ऐतिहासिक हनुमान नाच ?

भक्तपुरबाट सुरु भएता पनि हनुमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको संस्कृतिकर्मी प्रेम छोटाले बताए ।  तीन, पाँच, सात र नौ गरी बिजोर वर्ष पारेर नाच नचाउने परम्परा रहेको उनको भनाइ छ । पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी छोटाले बताए । रामायणका प्रमुख पात्रसमेत रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उनको भनाइ छ । 

‘नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरूप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दस तालमा यो नाच नाचिन्छ’, उनले भने, ‘यो पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको नाच हो, पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हनुमान नाचको संस्कृति पनि सँगै ल्याए ।’ बागलुङमा नेवार समुदायको इतिहास झन्डै तीन सय ५० वर्ष पुरानो छ । 

विसं १७ सय ६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताए । उनका अनुसार मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार मात्र नाच्न मिल्ने परम्परा छ । पछिल्लो समय नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिने गरेका छन् ।  

‘धेरै कलाकार चाहिने हुँदा यो नाच महँगो छ, पूजाआजा, पोसाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा खर्च बढी हुन्छ’, संस्कृतिकर्मी छोटाले भने, ‘नाच सञ्चालनको लागि प्रधान कजी (व्यवस्थापक), उपप्रधान कजी, कजी, पुजारी, वाद्यवादक, कलाकारलगायत एकैपटक सयौँ व्यक्ति खटिनुपर्छ ।’ हनुमान नाच बागलुङकै ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा रहेको उनले बताए ।  

देवालय, सलामी, छ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दश तालमा नाच नचाइने हनुमान नाचका वाद्यवादक नीरज शाक्यले बताए । पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाच्ने गरेको उनको भनाइ छ । नाच्ने क्रममा कतिपयलाई ‘वीर’ उत्रने गरेको छ । ‘बाजाको ताल छोपेर नाचिरहेका बेला क्तै ताल बिग्रियो भने पनि वीर उत्रने गर्छ, बाहिर दर्शकदीर्घामा रहेका व्यक्तिलाई पनि वीर उत्रन सक्छ’, उनले भने, ‘वीर उत्रेर शरीर काँप्ने, दौडने, भाग्ने गरेमा पुजारीबाट धूप सुँघाएर सामान्य अवस्थामा फर्काउने गरिन्छ ।’

हनुमान नाचका अग्रज कलाकार शाक्यले पौराणिक ग्रन्थ रामायणको कथाका विभिन्न घटना तथा प्रसङ्गमा आधारित रहेर ताल र नाचको संयोजन गरिएको बताए । ‘हनुमानले लङ्का घेरेकोदेखि लडाइँ जितेर विजयोत्सव मनाएकोसम्मका भाव र विषयलाई नाच र सङ्गीतद्वारा प्रस्तुत गरिन्छ’, उनले भने । बलियो हुने र आवाज राम्रो आउने हुँदा नाचमा पलाँसको लौरो प्रयोग गर्ने गरिएको छ । हनुमान नाचका मुख्य कलाकार (ज्यामाको) नाच्न थालेपछि मात्र अन्य कलाकारले नाच्न सुरु गर्दछन् ।  

नाचको उत्पत्ति भएको भक्तपुरबाटै लोप हुन लागेको हनुमान नाचको संस्कृति बागलुङमा भने जीवित छ । पछिल्लो समय युवा पुस्ता पनि हनुमान नाचप्रति आकर्षित छन् । हनुमान नाच सुरु हुनुपूर्व हप्तौँसम्म नाचको पूर्वअभ्यास हुने गर्छ । नाच र वाद्यवादनमा पारङ्गतहरूबाट हनुमानको कला र विधि नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ ।

हनुमान नाचबारेको ज्ञान, कला र शिल्प सिकाउने उद्देश्यले परिषद्ले बेलाबेलामा प्रशिक्षणसमेत चलाउँदै आएको छ । यसपालि पनि प्रशिक्षणबाट नाच र वाद्यवादनतर्फ झन्डै ५० जना किशोर र युवा छानिएका थिए । उनीहरू नै अहिले हनुमान नाचमा कलाकारका रूपमा सहभागी छन् ।  विसं २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत पहल सुरु भएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोल र डिजेलमा किन भयो भारी मूल्य वृद्धि ? यस्तो छ निगमको जवाफ

प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...

बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: