Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

खबरडबली संवाददाता

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। 

भैरहवास्थित यो विमानस्थल नियमित र पूर्ण रूपमा सञ्चालन नहुँदा पर्यटन क्षेत्रमा गरिएको खर्बौँको लगानी जोखिममा परेको भन्दै उनीहरूले तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन्।

पर्यटन व्यवसायी अमित गुप्ताका अनुसार यस क्षेत्रको पर्यटनमा मात्रै झण्डै एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट र रोहिणी नदी जस्ता ऐतिहासिक, धार्मिक तथा बौद्ध सभ्यतासँग जोडिएका महत्त्वपूर्ण गन्तव्यहरूको प्रवद्र्धनका लागि यो विमानस्थल मुख्य आधार भए पनि अपेक्षित नतिजा नआउँदा लगानीकर्ताहरू निराश बनेका छन्। विमानस्थल सञ्चालनमा देखिएको सुस्तताले समग्र लुम्बिनी क्षेत्रको पर्यटन विकासमै बाधा पुर्‍याएको व्यवसायीहरूको ठहर छ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटन मात्र नभई यस क्षेत्रको समग्र आर्थिक गतिविधिमा ठुलो परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्। स्थिर सरकार बनेपछि लगानीमैत्री वातावरण, पूर्वाधार विकास र पर्यटन विस्तारमा ठोस कदम चालिनेमा निजी क्षेत्र आशावादी देखिएको छ।

त्यसैगरी, नेपाल भन्सार एजेन्ट संघ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्त्वपूर्ण औद्योगिक करिडोर भएकाले यहाँका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन विमानस्थलको ठुलो भूमिका रहने उल्लेख गरेका छन्। 

विमानस्थलको नियमित सञ्चालन र नाका व्यवस्थापन प्रभावकारी भएमा अन्तर्राष्ट्रिय व्यापार विस्तारमा सहयोग पुग्ने र औद्योगिक क्षेत्र थप सशक्त बन्ने उनको धारणा छ। व्यवसायीहरूले गौतमबुद्ध विमानस्थल नियमित भएमा लुम्बिनी क्षेत्रको पर्यटनसँगै उद्योग–व्यापारमा समेत नयाँ ऊर्जा थपिने दाबी गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending