लण्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले युरोपले उत्तर एटलान्टिक सन्धि सङ्गठन ‘नाटोमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने’ र ‘युक्रेनको भविष्य सुरक्षित गर्न’ अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सोमबार पेरिसमा हुने युरोपेली नेताहरूको अपेक्षित भेलाको पूर्वसन्ध्यामा उनले यस्तो टिप्पणी गरेका हुन् । यद्यपि, फ्रान्सले बैठकको पुष्टि गरेको छैन । नाम नबताउने शर्तमा एक बेलायती अधिकारीले एएफपीसँग भने, “यदि यो बैठक अघि बढ्यो भने स्टार्मर बैठकमा सहभागी हुनेछन् ।”
एक वक्तव्यमा बेलायतका प्रधानमन्त्री स्टार्मरले भने, “यो हाम्रो राष्ट्रिय सुरक्षाको लागि एक पुस्तामा एक पटक गर्नुपर्ने कार्य हो । हामी आज विश्वको वास्तविकता र रूसबाट सामना गरिरहेको खतरासामु छौँ ।
उनले भने, “युरोपले नाटोमा व्यापक भूमिका खेल्नुपर्छ यो स्पष्ट छ । हामीले युक्रेनको भविष्य सुरक्षित गर्न र रूसबाट सामना गर्ने खतराको सामना गर्न संयुक्त राज्य अमेरिकासँग मिलेर अघि बढ्नेछौँं ।” वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट्ने अपेक्षा गरिएका स्टार्मरले बेलायतले अमेरिका र युरोपलाई एकसाथ राख्नका लागि काम गर्ने बताए ।
उनले भने, “हामी नाटो गठबन्धनमा कुनै पनि विभाजनलाई हामीले सामना गरिरहेका बाह्य शत्रुहरूबाट विचलित हुन दिन सक्दैनौँ ।” अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार युरोपले आफ्नो रक्षा खर्च बढाउनुपर्ने चेतावनी दिएपछि स्टार्मरको यो भनाइ आएको हो ।
युक्रेनमा रुसको युद्ध अन्त्यका लागि कुनै पनि वार्ताको टेबुलमा आउन युरोपेली नेताहरू कोसिस गरिरहेका बेला पनि यी कदमहरू आएका हुन् । ट्रम्पले यसै हप्तो चाँडै रूसी नेता भ्लादिमिर पुटिनलाई भेट्ने सम्भावना छ र द्वन्द्व अन्त्यको लागि वार्ता सुरु गर्न सकिन्छ भनी दिएको टिप्पणीले यथास्थितिलाई तरङ्गीत पारेको थियो । यूरोपमा अमेरिकी सहयोगीहरू युक्रेनमा कुनै पनि सम्झौतामा उनीहरूको हितलाई किनारा लगाउने चिन्ताबाट गुज्रिरहेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, नेटो प्रमुख मार्क रूट र अमेरिकी उपराष्ट्रपति जेडी भान्सलगायत वरिष्ठ युरोपेली अधिकारीहरू युरोप, युक्रेन र नाटोको भूमिकाका बिषयमा छलफलका लागि म्युनिखमा जुटेका छन् ।
रूटले पेरिसमा हुने प्रस्तावित बैठक ‘रक्षा खर्च र योजना’मा केन्द्रित हुने बताउँदै ‘जब युक्रेनबारे सम्झौता हुन्छ, युरोपले यसमा के योगदान गर्न सक्छ हामी पूर्ण स्पष्ट छौँ’ ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यालयका प्रवक्ताले एएफपीलाई ‘सम्भावित अनौपचारिक बैठक’बारे छलफल भइरहेको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...
मंसिर ३० गते, २०८२ - १८:०१
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...




प्रतिकृया लेख्नुहोस्: