Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ताप्लेजुङमा चिया बिक्री नहुँदा किसान मर्कामा

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा चिया बिक्री नभएपछि उत्पादक किसान चिन्तित बनेका छन् । मोटो रकम लगानीसँगै धेरै मिहिनेत गरेर लगाएको खेतीबाट उत्पादन हुन थालेको चिया सुरुवातमै बिक्री नभएपछि किसानमा चिन्ता छाएको हो । 

चियाबाट राम्रो आम्दानीको सम्भावना देखेपछि पछिल्लो समय यहाँका किसानले खेती लगाउन सुरु गरेका हुन् । केही वर्षअघि परीक्षणका रूपमा लगाएको चिया खेती सफल भएपछि किसानले व्यावसायिक खेती नै सुरु गरेका छन् । किसानले लगाएको चिया खेतीबाट अहिले धमाधम उत्पादन हुन थालेको छ ।

जिल्लाका सीमित किसानले चिया खेती सुरु गरेका र किसानले लगाएको चिया खेतीबाट हाल धमाधम उत्पादन भइरहेको छ । आफूले लगाएको खेती अर्थात बगैँचाबाट उत्पादन हुन थालेको चिया भने बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । जिल्लामा चिया खेती सुरु गर्नेमा हाल सदरमुकाम फुङ्लिङ बजारमा बसोवास गर्दै आएका फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका वेदनिधि पौडेल पनि एक हुन् । 

पौडेलले फुङ्लिङ नगरपालिकाकै वडा १० फुरुम्बुको गढीडाँडा क्षेत्रमा निजी जग्गा र व्यक्तिगत खर्चमा चिया खेती लगाएका छन् । करिब ८५ रोपनी क्षेत्रफल बराबरको जग्गामा लगाएको चिया खेतीबाट अहिले उत्पादन सुरु भएको पौडेलले बताए । उनका अनुसार चियाको बगैँचा (बगान) पनि बढ्दै गएको र उत्पादन पनि धमाधम हुन थालेको छ ।

हाल एक चरणको टिपाइबाट ५० देखि ७५ किलोग्रामसम्म चिया निस्किन थालेको उनले जानकारी दिए । मौसमअनुसार बर्खामा महिनैपिच्छे र हिउँद याममा दुई-अढाइ महिनाको अन्तरालमा चिया टिपाइ हुने गरेको उनले बताए । चिया बगैँचा हुर्कँदै गएसँगै उत्पादन पनि बढ्ने क्रममा रहेको, तर अहिले उत्पादन हुँदै आएको चिया बिक्री नभएको उनको भनाइ छ । 

उत्पादित चिया बिक्री नभएपछि यतिकै थन्क्याएर राख्नुपरेको पौडेलले बताए । चिया बिक्रीका लागि इलाम, झापा लगायतका बजारमा पहल गर्दा पनि अहिलेसम्म सम्भव नभएको पनि उनले बताए । उनका अनुसार बिक्रीका लागि सम्पर्क भएका व्यापारीले चिया ठुलो परिमाणमा भएमा मात्र खरिद गर्ने बताउने गरेका छन् । व्यापारीले भने अनुसारको परिमाण नभएपछि चिया घर कोठामा थन्क्याएर राख्नुपरेको उनले बताए । 

मोटो परिमाणमा चिया बिक्री नभएपछि मजदुरलाई पारिश्रमिक दिनलाई नै समस्या भइरहेको उनले जानकारी दिए । काम गर्ने मजदुरलाई दिने पारिश्रमिक लगायतमा भएको समस्यासँगै हाल उत्पादन हुँदै आएको चिया बिक्री नभएर लामो समयसम्म थन्क्याउनुपर्दा सडिएर जानसक्ने भएकाले थप चिन्तित बनाएको उनको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...

संसद् पुनर्स्थापनाको राजनीतिक चाल: स्थायित्वको आवरणमा अस्थिरताको निरन्तरतामा कांग्रेस-एमाले

काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्डः ९ जनाको मृत्यु, १० जना घाइते

जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...

अमेरिकाद्वारा भेनेजुएलाको तटमा फेरि तेल ट्याङ्कर जफत

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानक...

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौं विस्थापित

फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्...

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई ...

साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

रियाद । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending