Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक छ’

खबरडबली संवाददाता

ललितपुर । प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् । 

आज यहाँ आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल, नेकपा (एमाले) नेता रुघुजी पन्त, पूर्वसञ्चार मन्त्रीरेखा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायतले संविधान संशोधन हुनुपर्ने साझा धारणा व्यक्त गरेका हुन् ।

कांग्रेस नेता डा. रिजालले संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता सम्बोधन गर्न संशोधन गर्नुपर्ने महसुस भए पनि पटक पटक सरकार बदलिने अवस्थाले त्यसले प्राथमिकता नपाएको धारणा राखे । 

उनले भने, “सबै राजनीतिक दलको धारणा संविधान संशोधन गर्ने भए पनि पटक–पटक सरकार फेरिँदा त्यो विषय जटिल बन्दै गयो । समावेशीतालाई प्राथमिकता दिँदै गठबन्धन गर्नै पर्ने बाध्यात्मक अवस्था सुधार्न आवश्यक छ, यो अकाट्य दस्ताबेज होइन ।”

डा. रिजालले सङ्घीयता खर्चिलो भयो भनेर प्रश्न उठे पनि यस व्यवस्थालाई बलियो बनाउने विषयमा  आवश्यक कानुन नबनेकाले समस्या भएको धारणा राखे । उनले केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेशमा पनि त्यसको अरि पर्ने र कतिपय अवस्थामा पार्टीगत गुटसमेत परिवर्तन हुने अवस्थाले जटिलता थपिरहेको जिकिर गरे । 

एमाले नेता पन्तले कुनै पनि देशको संविधान समयअनुसार संशोधन हुने भन्दै अभ्यासका क्रममा देखिएका जटिलता सम्बोधन गर्न गठबन्धन सरकार संशोधनको कुरा अगाडि बढाएको बताए । “संविधान असंशोधनीय दस्ताबेज होइन । त्यसैले संशोधनको कुरा उठेका छन्, पक्कै केही जटिलता छन् तर सबै राजनीतिक दलको सहमति जुटाएर यसलाई अगाडि बढाउनुपर्छ । जनहितका लागि संविधान संशोधनको लागि सहमति जुटाउन प्रयास गरिँदैछ”, उनले भने । 

सङ्घीयताको सवालमा केही प्रश्न उठिरहे पनि कुनै पनि राजनीतिक दल यसमा पुनर्विचार गर्ने अवस्थामा नपुगेकासमेत नेता पन्तको भनाइ थियो । 

नेकपा (माओवादी केन्द्र) की नेतृ शर्माले संविधान गतिशिल दस्तावेज भएकाले सुरुदेखि नै संशोधनको आवश्यकता महसुस भएको र त्यो औचित्यपूर्ण रहेको बताइन । उनले भनिन्, “हामी संविधान संशोधनको मुद्दा लिएर जनतामाझ पुगेकै छैनौँ र यस विषयमा गम्भीर बनेका छैनौँ । निर्वाचन प्रणाली, शासकीय स्वरुप, समानुपातिक समावेशीता, नागरिकतालगायत सवालमा केही समस्या छन्,  यस्ता विषयलाई प्राथामिकता राखी संविधान संशोधन गर्नु आवश्यक छ ।”

रास्वपाका प्रमुख सचेतक परियारले आफ्नो पार्टी संविधान संशोधनको पक्षमा रहेको बताए । उनले कुनै राजनीतिक दलको फाइदाको लागि गरिने संशोधन भने स्वीकार्य नहुने धारणा राखे । परियारले सबै राजनीतिक दलको सहमति जुटाएर संविधान संशोधन गरे जनहितमा हुने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending