संखुवासभा । पूर्वी हिमाली तथा पहाडी जिल्ला संखुवासभाको एक मात्रै तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सु र तुवाँलोले १८ दिनदेखि उडान अवरुद्ध भएको छ । गत माघ १५ देखि लगातार रुपमा बाक्लो हुस्सु र तुवाँलोका कारण जहाज अवतरण गर्न नसकेको हो ।
जहाज उडानका लागि पर्याप्त भिजिविलिटी नभएपछि १८ दिनदेखि जहाज आउन नसकेको बुद्ध एयरलाइन्स तुम्लिङटारका स्टेशन मेनेजर रामकुमार लुइँटेलले बताए । उनले जहाज आउनका लागि कम्तीमा तीन हजारदेखि पाँच हजार दुरीको भिजिविलिटी खुल्नपर्ने बताउँदै बाक्लो हुस्सु र तुवाँलोले डाँडाकाँडा नै नदेखिने गरि ढाकिएको बताए । ‘डाँडाकाँडा वरपर बाक्लो हुस्सु लागेको छ । वर्षात र हावाहुरी चले मात्रै मौसम खुल्छ र जहाज आउन सक्छ । नत्र यसै भन्न सकिने अवस्था छैन्,’ लुइँटेलले भने ।
हुस्सु र तुवाँलोले विमानस्थल नजिकैको डाडाँकाडा ढाकेको छ । करिब तीन दिनदेखि जहाज नआउँदा यात्रुहरु अलपत्रमा परेका छन् । संखुवासभा हिमाली तथा पहाडी जिल्ला भएकाले सडक यातायातको सुविधा त्यति प्रभावकारी छैन । खाँदबारीदेखि धरान–विराटनगरका आधाभन्दा बढि भाग कच्ची सडकको यात्रा गर्नुपर्छ । जिल्लामा ठूला अस्पताल र शैक्षिक संघसंस्था नहुदाँ धरान, विराटनगर र काठमाडाैंनै धाउनुपर्ने बाध्यता छ ।
तुम्लिङटार विमानस्थलमा निजी कम्पनीको बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले दैनिक उडान भर्दै आएको छ । यसअघि गुण एयरलाइन्स संचालनमा रहेपनि अहिले बन्द छ । नेपाल वायु सेवा निगमको जहाजले तुम्लिङटार उडान भर्न बन्द गरेको लामो समय भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: