Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

संविधान संशाेधनकाे नाममा कांग्रेस एमाले जनताका अधिकार खाेस्ने याेजनामा केन्द्रित छन्: प्रचण्ड

खबरडबली संवाददाता

दोलखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा होइन, संविधान च्यातेर जनताका अधिकार खाेस्ने याेजनामा केन्द्रित रहेको बताएका छन् । 

३० औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘महिला, दलित, जनजाति, मधेशी, मुश्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरु संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’

दुई दुई पटक संविधान मिचेर संसद विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै उनले अहिले पनि यो प्रवृत्ति र प्रयास नरोकिएको बताए । ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रुपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘यसबाट उनीहरु संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिन्छ ।’

विगतमासंसद विघटन गर्दा लाखौं जनतालाई सडकमा ल्याएर संघर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको उल्लेख गर्दै उनले भने, ‘अहिले उनीहरुले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेका छन् तर हामी भने यसलाई अझै समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौं । प्रतिक्रियावादीहरुको षड्यन्त्र विरुद्ध जनतालाई एकताबद्ध गरेर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चाहन्छौं ।’

हिजो संविधान बनाउनैपर्ने बाध्यताका कारण आफ्ना मुद्दाहरुलाई फरक मतको रुपमा राखेर सम्झौतामा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताए । यसबाट मात्रै राजनीतिक स्थायित्व कायम हुने सबै वर्ग र समुदायले पनि थप राजनीतिक अधिकार प्राप्त गर्ने बताए । 

आफूले तेस्रोपटक प्रधाननमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान थालनी गर्न पाएकोमा गर्व महसुस भएको बताए । ‘त्यही अभियानअन्तर्गत राजनीतिक र प्रशासनिक निकायका उच्च पदमा रहेकाहरु पनि भ्रष्टाचारको आरोपमा कारवाहीमा पर्दै गए,’ अध्यक्ष प्रचण्डले भने, ‘भ्रष्टाचार रहँदासम्म देश अघि बढ्न सक्दैन भनेर नै यो अभियान थालिएको हो ।’

उनले सामाजिक न्याय अन्तर्गत बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सामाजिक सुरक्षा कोष कार्यान्वयन, मिटरब्याज पीडितलाई न्याय र नागरिकताविहीनलाई नागरिक प्रदान गर्ने कानुन निर्माण लगायतका महत्वपूर्ण कामको थालनी गरिएको बताए । कमजोर बन्दै गएको अर्थतन्त्रको पुनरुत्थानका लागि थालिएको प्रयास स्वरुप अहिले मुलुकको अर्थतन्त्रमा सुधार आइरहेको पनि उनले स्पष्ट गरे । 

उनले आफू प्रधानमन्त्री हुँदा भारत र चीन भ्रमणमा गएको बेलामा विद्युत व्यापार, कृषि उत्पादन वृद्धि लगायतका विभिन्न सम्झौता गरिएको उल्लेख गर्दै उनले चीनसँगका विभिन्न परम्परागत नाका खोल्ने सहमति पनि गरिएको जानकारी दिए । आफूले तीनपटक चिनियाँ राष्ट्रपतिसँग छलफल गरेपछि भूकम्पपछि रोकिएको कोदारी राजमार्ग सञ्चालन लगायतका प्रक्रियाहरु अघि बढेको पनि उनले स्पष्ट गरे । 

आफूले राष्ट्रिय अन्तर्राष्ट्रिय पहल बिचौलिया र दलालहरुलाई मन नपरेर आफूलाई सरकारबाट हटाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा काम गर्ने र विना मेहनत करोडौं लुट्नेहरुले आफूअनुकूल सरकार बनाएको बताए । ‘मलाई हटाएको कांग्रेस र एमालेका नेताहरुले भन्दा पनि दलाल, भूमाफिया र बिचौलियाहरुले हो,’ उनले भने, ‘उनीहरुले कांग्रेस र एमालेका प्रमुख नेताहरुलाई आफ्नो घरमा बोलाएर सरकार परिवर्तन गरेको जनताले स्पष्टसँग बुझिसकेका छन् ।’

भ्रष्टहरुलाई अब यो भन्दा बढी लुट्ने छूट दिन नसकिने उल्लेख गर्दै उनले नेपाली जनताले एकताको तागत देखाउने बेला आएको बताए । हिजो जनताको पक्षमा लड्दा राज्यले हिंसाको बलमा सिध्याउन खोजेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी जनताको बलबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रमा आएको हो, कसैको दया मायाँले यहाँ यो व्यवस्था आएको होइन ।’

नेपालको मिनी स्वीटजरल्याण्ड भनेर चिनिने जिरी नेपालको महत्वपूर्ण पर्यटकीय स्थल रहेको उल्लेख गर्दै उनले यहाँको भाषिक र सांस्कृतिक महत्व पनि उत्तिकै मौलिक र उच्च रहेको बताए । सो क्रममा अध्यक्ष प्रचण्डले विभिनन पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending