वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न आतुर रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको सम्पूर्ण जनसङ्ख्यालाई विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अरब समुदायबाट यसको व्यापक विरोध भएको थियो ।विदेशमन्त्री रुवियोले इजिप्ट र जोर्डनसँग वासिङ्टनमा भएको वार्तापछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) का साथै इजरायलमा रहँदा आफूले उनीहरूका विचारबारे छलफल गर्ने विश्वास व्यक्त गरेका छन् ।
रुबियोले अरब राष्ट्रहरूका बारेमा भने, “आशा छ, उनीहरूसँग राष्ट्रपतिलाई प्रस्तुत गर्ने वास्तवमै राम्रो योजना हुनेछ ।” “अहिले गाजाको सम्बन्धमा एक मात्र योजना ट्रम्पको योजना हो तर यो उनीहरू (अरब समुदाय)लाई मन परेको छैन । त्यसैले, यदि उनीहरूसँग राम्रो योजना छ भने, अब यसलाई प्रस्तुत गर्ने समय हो,” उनले परम्परावादी ‘होस्ट’हरू क्ले ट्राभिस र बक सेक्सटनको रेडियो शोसँगको कुराकानीमा भने ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सत्तामा आएसँगै गाजाका छिमेकी इजिप्ट र जोर्डनले गाजामा २० लाखभन्दा बढी प्यालेस्टिनीलाई स्वीकार नगरे त्यसको परिणाम उनीहरूले नै भोग्नुपर्ने चेतावनी दिएका थिए । रुबियोल भने, “यी सबै देशहरूले प्यालेस्टिनीहरूको ख्याल राखोको देखाउन चाहन्छन् तर उनीहरूमध्ये कोही पनि प्यालेस्टिनीलाई लिन चाहँदैनन् । तीमध्ये कसैले पनि गाजाका लागि केही गरेको इतिहास छैन ।”
जोर्डनले २० लाखभन्दा बढी प्यालेस्टिनी शरणार्थीलाई आश्रय दिइसकेको छ । कूटनीतिज्ञहरूका अनुसार इजिप्टले केही हप्ताभित्र ट्रम्पलाई विकल्प प्रस्तुत गर्ने प्रयासको नेतृत्व गरिरहेको छ । इजिप्टको प्रस्तावमा गाजामा नयाँ सुरक्षा बललाई प्रशिक्षण दिने र स्थानीय प्यालेस्टिनी नेताहरूको पहिचान गर्ने बिषय समावेश छ ।
अरब राष्ट्रहरूले ‘असल नियतका साथ काम गरिरहेका छन्’ भन्ने आफूलाई विश्वास रहेको बताउँदै रुबियोले भने, “प्यालेष्टिनी भूमिमा भविष्यमा हमासको कुनै पनि प्रशासनिक भूमिका हुन नहुने इजरायल र अमेरिकाको धारणा रहेको छ ।” उनले भने, “यदि यस क्षेत्रका देशहरूले यो टुक्रा पत्ता लगाउन सक्दैनन् भने, इजरायलले यो गर्नुपर्नेछ, र त्यसपछि हामी जहाँ थियौँ त्यहाँ फर्कनेछौँ ।”
रुबियोका पूर्ववर्ती एन्टोनी ब्लिन्केनले प्यालेस्टिनी प्राधिकरणले गाजालाई आफ्नो नियन्त्रणमा लिन नसकेसम्म अन्तर्राष्ट्रिय शक्ति र संयुक्त राष्ट्रसङ्घले गाजामा अस्थायी भूमिका निर्वाह गर्ने योजना अघि सारेका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कट्टर दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै लामो समयदेखि प्यालेस्टिनी राज्यको विरोधको एक भागको रूपमा वेस्ट बैङ्कमा आधारित प्यालेस्टिनी प्राधिकरणलाई कमजोर पार्न खोजेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: