Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

नेपालमा ८१ प्रतिशतभन्दा बढी साइबर अपराध फेसबुकबाट

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा तथा अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिकामध्ये २५३ बालक र ३८२ बालिका रहेका छन् । यस्तै अनलाइन हिंसा तथा अपराधमा महिला आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क छ ।

सुरक्षित इन्टरनेट दिवस, २०२५ को सन्दर्भमा भ्वाइस अफ चिल्ड्रेन र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवर्ट) द्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अनलाइन हिंसाबाट प्रभावित महिला र बालबालिकाको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने विभिन्न हिंसालगायत अनलाइन हिंसाको उजुरी आउने गरेको र आयोगले साइबर ब्यूरोसँग समन्वय गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने गरिएको जानकारी दिइन । 

उनले प्रविधिको सहयोगमा धेरै राम्रा, उत्पादनमुलक र सूचनामुलक जानकारी हासिल हुने गरे पनि यसको दुरुपयोग हुँदा धेरै नै दुःख, बदनामी खप्नुपर्ने अवस्था भएकोले सुरक्षित इन्टनरनेटको प्रयोग सम्बन्धी सचेनामूलक कार्यक्रम विद्यालय र समुदायस्तरमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने बताइन । 

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै  बालबालिका परिरहेको बताउँदै अहिलेको जमानामा इन्टरनेटको प्रयोग नै नगर भन्न नसकिने उल्लेख गरिन । उनले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैले सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेर, वर्ग र पेशा व्यवसायका व्यक्तिहरुलगायत पत्रकार समेत अनलाइन  हिंसामा परेको सन्दर्भमा रहेको उल्लेख गरिन । उनले प्रविधिको सदुपयोग सम्बन्धमा चनाखो हुँदै  हिंसामा परिहाले सम्बन्धित निकायमा उजुरी गरी पीडकलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिइन । 

आइवर्टका अध्यक्ष इच्छा गुरुङले अनलाइन हिंसाबाट पत्रकार महिला प्रभावित हुने क्रम बढेको बताइन । उनले समाज परिवर्तनका लागि योगदान दिने पत्रकार नै यस्तो हिंसामा पर्नुले अनलाइन हिंसाको अवस्था भयावह रहेको बताइन । 

आइवर्ट नेपालका उपाध्यक्ष गीताञ्जली लामाले “अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रहरी साइबर व्यूरोका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिका र आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क प्रस्तुत गरिन । 

उनका अनुसार बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिल्ड्रेनले जर्मन सहयोगमा सन् २०२३ मा कोशी र बामती प्रदेशका ५१४ जना बालबालिका र सम्बन्धित परिवारसँग गरिएको सर्वेक्षणले पनि साइबर अपराधको जालोमा बालबालिका परिरहेको तथ्याङ्क देखाएको छ । 

सो सर्वेक्षणमा १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेका देखाएको छ । जसमध्ये ३८.६० प्रतिशत बालिकालाई र ३२.३० प्रतिशत बालकले सामाजिक सञ्जालबाट  यौनजन्य सन्देश आएको, ३४ प्रतिसतले  अश्लील फोटो र अन्य दुव्र्यवहार हुने भिडियो आउने गरेको उल्लेख छ । 

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले अनलाइन हिंसामा महिला, बालिका, किशोरी मात्र होइन, बालकहरू पनि परिरहेको सो तथ्याङ्कले देखाएको र इन्टरनेटको सही प्रयोगबारे जनचेतनामुलक कार्यक्रम र साइबर हिंसा गरे हुने कार्वाही र उजुरी गर्ने निकाय नेपाल प्रहरी साईबर व्यूरोबारे पनि सबैलाई जानकारी गराउँदै जानुपर्ने बताए । 

नेपाल प्रहरी साइबर सेल ७७ जिल्लाभरमै बिस्तार गरिएको र सबै जिल्लाबाट अनलाइन (साइबर) हिंसाबारे उजुरी गर्न सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending