Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम सञ्चालन गर्छाैँ: मन्त्री ठकुरी

खबरडबली संवाददाता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको सम्झनामा ‘चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम’ सञ्चालन गर्न पहल गरिने बताएका छन् । 

संरक्षण समूह नेपालले आज यहाँ आयोजना गरेको शर्पाको श्रद्धाञ्जलीसभामा वनमन्त्री शाहीले शर्पाको योगदान संरक्षण क्षेत्रमा अविष्मरणीय रहने बताए । मन्त्री शाहीले भने, “अब चुङ्बा शेर्पा नाम सुन्नासाथ हामीलाई नेपालको वन्यजन्तु फोटोग्राफीमा एउटा अद्वितीय पहिचान बनाएको व्यक्तित्वको याद आउँछ । उहाँले दुर्लभ वन्यजन्तुहरूको तस्बिरहरू खिचेर विश्वसामु नेपालको जैविक विविधताको महत्त्व उजागर गर्नुभयो ।”

शेर्पाले खिच्नुभएका करिब एक सय तस्बिर राष्ट्रिय प्रकृति संरक्षण कोषको अडिटोरियम हलमा राख्ने गरी प्रदर्शनी कक्ष निर्माण गरिएको छ । उक्त प्रदर्शनी कक्षको शेर्पा जिवित छँदै कोषका संरक्षक तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका थिए । बागमती प्रदेशसभा सदस्य याङ्गकीला शेर्र्पाले राज्यले गर्नुपर्ने काम व्यक्तिले गरिरहेकाले सरकार यस्ता विषयमा गम्भीर हुनुपर्ने बताइन । 

संरक्षण समूह नेपालका अक्ष्यक्ष गौरव शमशेर जवराले शेर्पाले वन्यजन्तु तथा प्राकृतिक संरक्षणका विषयमा तस्बिरको माध्यमबाट प्रचार गरेर पर्यटन प्रवद्र्धनमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गरे । नेपाल वातावरण पत्रकार समहू (नेफेज)का अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले नेपाली फोटोग्राफी क्षेत्रमा शेर्पाको योगदानको चर्चा गरे । संरक्षण समूह नेपालका उपाध्यक्ष किशोर थापाले प्रकृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण राष्ट्रिय सुरक्षासँग सम्बन्धित काम गरिरहेको जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending