काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको सम्झनामा ‘चुङ्बा शेर्पा हिमचितुवा विशेष अध्ययन कार्यक्रम’ सञ्चालन गर्न पहल गरिने बताएका छन् ।
संरक्षण समूह नेपालले आज यहाँ आयोजना गरेको शर्पाको श्रद्धाञ्जलीसभामा वनमन्त्री शाहीले शर्पाको योगदान संरक्षण क्षेत्रमा अविष्मरणीय रहने बताए । मन्त्री शाहीले भने, “अब चुङ्बा शेर्पा नाम सुन्नासाथ हामीलाई नेपालको वन्यजन्तु फोटोग्राफीमा एउटा अद्वितीय पहिचान बनाएको व्यक्तित्वको याद आउँछ । उहाँले दुर्लभ वन्यजन्तुहरूको तस्बिरहरू खिचेर विश्वसामु नेपालको जैविक विविधताको महत्त्व उजागर गर्नुभयो ।”
शेर्पाले खिच्नुभएका करिब एक सय तस्बिर राष्ट्रिय प्रकृति संरक्षण कोषको अडिटोरियम हलमा राख्ने गरी प्रदर्शनी कक्ष निर्माण गरिएको छ । उक्त प्रदर्शनी कक्षको शेर्पा जिवित छँदै कोषका संरक्षक तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका थिए । बागमती प्रदेशसभा सदस्य याङ्गकीला शेर्र्पाले राज्यले गर्नुपर्ने काम व्यक्तिले गरिरहेकाले सरकार यस्ता विषयमा गम्भीर हुनुपर्ने बताइन ।
संरक्षण समूह नेपालका अक्ष्यक्ष गौरव शमशेर जवराले शेर्पाले वन्यजन्तु तथा प्राकृतिक संरक्षणका विषयमा तस्बिरको माध्यमबाट प्रचार गरेर पर्यटन प्रवद्र्धनमा पुर्याउनुभएको योगदानको प्रशंसा गरे । नेपाल वातावरण पत्रकार समहू (नेफेज)का अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले नेपाली फोटोग्राफी क्षेत्रमा शेर्पाको योगदानको चर्चा गरे । संरक्षण समूह नेपालका उपाध्यक्ष किशोर थापाले प्रकृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण राष्ट्रिय सुरक्षासँग सम्बन्धित काम गरिरहेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: