Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

विवादका कारण मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको अधिवेशन स्थगित

खबरडबली संवाददाता

सिद्धार्थनगर । नेपाल मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन विवादका कारण स्थगित भएको छ । नेपाली कांग्रेसको भातृसङ्गठन मुस्लिम सङ्घको बुधबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका थिए । 

नेतृत्व चयन गर्ने निर्वाचन कार्यतालिका समेत प्रभावित भएपछि नेतृत्व चयनबिनै स्थगित गरिएको हो । निर्वाचन गराउन माग गर्दै प्रतिनिधिहरूले मध्यरातसम्म नाराबाजी गरेका थिए । लुम्बिनी प्रदेशका ११ जिल्लाका १२८ प्रतिनिधिहरूले भाग लिएको सम्मेलनको उद्घाटन सत्रमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वमन्त्री देवेन्द्रराज कँडेल, अब्दुल रज्जाक, नैनसिंह महर, अमरसिंह पुन, अब्दुल सत्तार, रामकृष्ण खाँण, जाकिर हुसेन, संसुधिन मिया, सवर मिया लगायतको उपस्थिति रहेको थियो । 

प्रतिनिधिहरू भने नेतृत्व चयनका लागि आफूहरूले मतदान गर्न पाउनुपर्ने पक्षमा रहे पनि नेतृत्वले निर्वाचन टार्न खोजेपछि अधिवेशन भाँडिएको आरोप लागेको छ । आफूले चाहेको व्यक्तिलाई अध्यक्षको टीका लगाउन नपाएपछि केन्द्रीय नेताहरूले अधिवेशन नै बिथोलेको प्रतिनिधिहरूको गुनासो छ । निर्वाचन नगरी जबरजस्ती अधिवेशन स्थगित गर्नु अलोकतान्त्रिक भएको उनिहरूको भनाइ छ । 

नेपाल मुस्लिम सङ्घको केन्द्रीय समिति र निर्वाचन समितिले गए राति ८ः३० बजे विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी गराएको छ । अधिवेशन अब कहिले हुन्छ भन्नेबारे केही बताइएको छैन । बुधबार साँझ सदस्यहरू निर्विरोध चयन भएका थिए । तर अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । अन्य पदमा पनि उम्मेदवारी परेपछि निर्वाचनको प्रक्रिया सुरु भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE