लेखनाथ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरू विरुद्धको निरोधात्मक अभियान सबै नेपालीसम्म लैजानुपर्नेमा जोड दिएको छन । बिहीबार पोखरामा आयोजित ‘नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान’ उद्घाटन समारोहमा उनले यस्तो बताएको हो ।
स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय सरकारहरुसँग मिलेर सुरु गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न उनले सबैमा आग्रह गरे। अब निरोधात्मक अभियान प्रभावकारी नबनाए देशले उपचार सेवालाई धान्न नसक्ने प्रष्ट पारे। “अहिले नसर्ने रोगहरू यसरी बढेका छन् कि अब निरोधात्मक उपचारलाई रणनीतिका रूपमा अघि नबढाउने हो भने उपचारात्मक सेवालाई धान्न सक्ने अवस्था रहँदैन,” उनले भने ।
मन्त्री पौडेलले रक्तचाप जाँच र मधुमेह जाँचका लागि रगत दिएर अभियान सुरुआत गरेको छन । मधुमेह, रक्तचाप र मिर्गौलाका जाँचहरू बेला बेलामा गरी रोगबारे जानकारी पाएपछि उपचार गर्न र रोग लाग्न नदिन सहयोग पुग्ने उनको भनाइ छ । ३० वर्षभन्दा माथिका एक करोड ३० लाख नेपालीलाई यो अभियानमा सहभागी गराउने लक्ष्य उहाँले सुनाए ।
नेपालमा हुने मृत्युको तीन चौथाइ कारण नसर्ने रोग भएको टिप्पणी गर्दै उनले सेवा लिन आउनेहरूलाई स्रोत, साधन भ्याएसम्म व्यवस्थित रूपमा सेवा प्रवाह गर्न आग्रहसमेत गरेको छन । मन्त्री पौडेलले पोखरा २१ को कृष्ति स्वास्थ्य चौकीलाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरणसमेत गरेको छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - ११:३०
ढल्केबर। मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश ...
आषाढ़ २० गते, २०८३ - ११:१९
विराटनगर। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुग्दै गर्दा कोशी प्रदेशका नागरिक तथा पेसाकर्मी सङ्घीय सरकारको नीति र काम गर्ने श...
आषाढ़ २० गते, २०८३ - ११:०५
हुम्ला। सरकारले दिएको दुई दिने सार्वजनिक बिदाका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको क्षेत्र लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न जाने...
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...



प्रतिकृया लेख्नुहोस्: