अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी– युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार रिपोर्ट गरेका छन् ।
वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उनको कार्यालयले निकायलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि आएको हो । ती सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मङ्गलबार पठाइएको दुई वाक्यको इमेललाई उद्धृत गरेका छन् । इमेलमा निर्णयको कारण बताइएको थिएन तर उनको पद ‘तत्काल लागु हुने गरी समाप्त’ भएको जनाइएको थियो ।
ट्रम्प प्रशासनले सहायता फ्रिज र स्टप–वर्क अर्डर (रोक्का र काम रोक्ने) लागू गरेपछि ४८ करोड ९० लाख डलरभन्दा बढी खाद्यान्न सहायता बिग्रने वा सम्भावित दुरुपयोगको जोखिममा रहेको उनको कार्यालयको प्रतिवेदनले चेतावनी दिएको थियो । प्रतिवेदनले लामो समयदेखि ‘महत्त्वपूर्ण चुनौतीहरू पहिचान गरेको र धोखाधडी, फजुल खर्च र दुरुपयोग रोक्न एजेन्सीको कार्यक्रम सुधार गर्न सिफारिसहरू प्रस्ताव गरेको’ बताएको छ ।
“तथापि एजेन्सीभर हालैको व्यापक कर्मचारी कटौती… विदेशी सहायता छुटको दायरा र कार्यान्वयनकर्ताहरूसँग अनुमति योग्य सञ्चारबारे अनिश्चितताका साथ मिलेर, युएसएडको करदाताद्वारा वित्त पोषित मानवीय सहायता वितरण र सुरक्षा गर्ने क्षमता कमजोर भएको छ”, प्रतिवेदनमा भनिएको छ ।
ट्रम्पले पहिले नै १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसकेका थिए । उनीहरू सङ्घीय सरकारका स्वतन्त्र निगरानीकर्ता थिए तर ट्रम्पका पूर्ववर्ती जो बाइडेनले नियुक्त गरेका मार्टिन भने पदमा रहेका थिए । गत महिना आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले विश्वका सबैभन्दा धनी व्यक्ति र आफ्ना प्रमुख दाता एलन मस्कको नेतृत्वमा अमेरिकी सरकारका विभिन्न अङ्गलाई कम गर्न वा विघटन गर्न अभियान सुरु गरेको छ ।
सबैभन्दा बढी निशाना युएसएडमाथि केन्द्रित छ । यो निकाय करिब १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरू सञ्चालन गर्दै विश्वभर अमेरिकी मानवीय सहायता वितरण गर्ने प्रमुख संस्था हो । युएसएडले ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्छ । यो विश्वभर वितरित मानवीय सहायताको ४२ प्रतिशत हो ।
चीन लगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि सङ्घर्षमा संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्त्वपूर्ण स्रोतका रूपमा यसलाई हेरिएको थियो । ट्रम्प प्रशासनले विदेशी सहायता रोकेको छ, हजारौँ अन्तर्राष्ट्रिय आधारित कर्मचारीलाई संयुक्त राज्य अमेरिका फर्कन आदेश दिएको छ र युएसएडका १० हजार कर्मचारीको सङ्ख्या करिब तीन सयमा घटाउन थालेको छ ।
श्रमिक युनियनहरूले आक्रमणको वैधतालाई चुनौती दिइरहेका छन् । एक सङ्घीय न्यायाधीशले सप्ताहन्तमा दुई हजार दुई सय युएसएड कामदारलाई भुक्तान बिदामा राख्ने प्रशासनको योजनामा शुक्रबार रोक लगाउने आदेश दिएका छन् ।
डेमोक्रेटहरूले व्यवस्थापिकाको स्वीकृति बिना ट्रम्पले सरकारी निकायहरू बन्द गर्नु असंवैधानिक हुने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: