नवलपुर । माग अनुसारको रगत संकलन हुन नसकेपछि नवलपुरमा रगत अभाव भएको छ ।
नवलपुरको कावासोती र आसपासका अस्पतालहरुले शल्यक्रिया सेवा पनि थप गरेपछि रक्त सञ्चार केन्द्र कावासोतीमा संकलन भएको रगत नवलपुरमै पुराउन गाह्रो भएको नेपाल रेडक्रस कावासोतीका अध्यक्ष बाबुराम कंडेलले बताए ।
कंडेलले भने, ‘अस्पतालमा विरामीको चापका कारण रगतको माग बढेको छ, तर यही बेला दाताको संख्या घटेकाले रगतको माग धान्नै हम्मे हम्मे परेको छ ।’ रगत नपाएकै कारण कतिपय अवस्थामा बिरामीका आफन्त रगतको खोजीका लागि भौतारिरहेको भेटिने गरेको उनले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती नवलपुर रक्त सञ्चार सेवाले नवलपुर जिल्लामा सामान्यतया १ महिनामा १ सय ५० युनिट रगत खपत हुने गरेकोमा अहिले १ महिनामा ३ सय भन्दा बढी युनिट रगत खपत हुने गरेको हो ।
मागको अनुपातमा नवलपुरमा रगत संकलन हुन नसकेको रेडक्रस कावासोती उपशाखा अध्यक्ष कंडेलले बताए ।
चितवनबाट समेत कावासोतीबाट रगत पठाउनु पर्ने भएकोले माग अनुसार रगत पुराउनै गाह्रो भएको उनले बताए । जाडोको मौसममा रुघाखोकी लगायतका कारणले नियमित रक्तदाताहरुमा पनि कमि आएको उनले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कावासोतीले संस्थागत रुपमा र व्यक्तिगत रुपमा पनि रक्तदान गर्न अनुरोध गरेको छ ।
मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाका मेडिकल सुपरिटेण्डेन्ट डा. रमेश प्रसाद आचार्यले रगत अभावकै कारण अस्पतालमा शल्यक्रिया नै प्रभावित नभएपनि रगत अभाव भने देखिएको बताए । उनले भने – अस्पतालको आफ्नै ब्लड बैंक छैन । रगत अभाव भईहालेको थाहा हुन्न तथापि विरामीहरुले रगत नपाएकै कारण अस्पतालकै कर्मचारीहरुबाट रगत दिएर काम चलाउने गरेका छौं ।
अस्पताल भित्रकै नियमित रक्तदाता कर्मचारीहरुको सामाजिक सञ्जाल ग्रुप बनाएर शल्यक्रिया गर्ने बेला विरामीको आफन्तले रगत नपाएर उक्त ग्रुपमा भनेर रगत अभाव हाललाई हल गर्ने गरेको डा. आचार्यले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: