Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

धनुषामा सवारी दुर्घटनामा शिक्षकको मृत्यु

खबरडबली संवाददाता

ढल्केबर । धनुषामा सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ । मिथिला नगरपालिका–४, पुष्पवलपुरका पूर्णबहादुर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक थिए। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार सोमबार राति करिब ९ बजे जनकपुरबाट ढल्केबरतर्फ आउँदै उहाँले चलाएको मधेस प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटी मिथिला नगरपालिका–२, नक्टाझिजमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा निधन भएको हो । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनले विश्वकर्मा सवार स्कुटीलाई ठक्कर दिएको आशंकामा बा. १८ च. ८७६८ नम्बरको स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। उनले भने, “अनुसन्धानका लागि स्कारपियो र त्यसका चालकलाई नियन्त्रणमा लिएका छौं । दुर्घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूसँग बयान लिइँदैछ ।”

शिक्षक विश्वकर्माको निधनप्रति शोक व्यक्त गर्दै मिथिला नगरपालिकाका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा मङ्गलबार एक दिन शोक बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा दिवङ्गत शिक्षकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विद्यालय बन्द रहने जानकारी दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिखु–४ जलविद्युत्को वातावरणीय बजेट खर्चमाथि प्रश्न, गाउँपालिकाले माग्यो स्पष्टिकरण

ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...

लालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...

भूमिहीन र सुकुमवासीमाथि ‘डोजर अभियान’ रोक्न सरकारलाई चेतावनी

बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...

भायानेटको नयाँ अफर : वाईफाई ६ इन्टरनेट, भायाटिभी र डामी एप सुविधा एउटै प्याकेजमा

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...

एनआई सी एशिया बैंकद्वारा आश्रम र विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण

काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...

काठमाडौं–४ मा भोलि वडास्तरीय दौड प्रतियोगिता

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ ।  प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...

रमा तिवारी हत्या प्रकरण : लेनदेन विवादपछि हत्या, भारतीय नागरिक पक्राउ

झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...

रास्वपा सांसद ढकाल सवार गाडी दुघर्टना

गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...

कस्ताे रहला छानबिन प्रतिवेदनपछि सुधन गुरुङको राजनीतिक भविष्य ?

काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएसँगै उनको राजनीतिक भविष्य र पुनः सरकारमा फर्किने सम्भावनाबारे च...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending