Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मधेशका जनतालाई सङ्गठित गर्न केन्द्रको ध्यान पुगेको छः प्रचण्ड

खबरडबली संवाददाता

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशका जनतालाई सङ्गठित गर्ने तर्फ पार्टीको विशेष ध्यान रहेको बताएको छन ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रको रणनीति मधेश केन्द्रित रहेको उल्लेख गरे। उनले भने, “केन्द्रिय समितिको बैठकपछि म मधेश आउँदा जनतामा सकारात्मक सन्देश प्रवाहित भएको देखिन्छ । अब मधेशका जनतालाई सङ्गठित गर्दै परिचालित गर्ने हाम्रो योजना छ ।”

उनले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार हुलाकी मार्ग क्षेत्रमा ‘माओवादी जागरण अभियान’ सञ्चालन गरिने जानकारी दिए। उक्त अभियान एक महिनासम्म सञ्चालन गरिने र यस क्रममा भाषण मात्र नभई स्थानीय बासिन्दा, नागरिक समाज, पत्रकार तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष संवाद गरिने उनले बताए।

साथै, अध्यक्ष दाहालले वर्तमान सरकारलाई राष्ट्रिय सभामा बहुमत हाँसिल गर्न कठिन रहेको टिप्पणी गरे। उनका अनुसार यदि जनता समाजवादी पार्टीले आफ्नो अडान नछाडेमा सरकारका तर्फबाट पेश गरिएका अध्यादेशहरू पारित नहुने अवस्था सिर्जना हुनेछ । उनले वर्तमान सरकार सुशासनका पक्षमा नभइ त्यसको विरोध रोक्न गठन गरिएको आरोप लगाउँदै भने, “यो सरकार संविधान मिचेर बनाइएको छ । दुई ठूला दल मिलेर सरकार बनाउने संवैधानिक व्यवस्था छैन ।”

अध्यक्ष दाहालले संसदमा विभिन्न अध्यादेशहरू रोकिएका विषयमा सरकारको नीतिको आलोचना गरे। उनका अनुसार, सरकार संसद बोलाउनुपर्ने समयमा अध्यादेश ल्याउनु गलत हो, विशेष गरी भूमि सम्बन्धी अध्यादेशको उद्देश्य नै शंकास्पद देखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending