Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

माओवादीले दियाे पूर्वउपराष्ट्रपति पुनलाई विशेष जिम्मेवारी

फागुन १२ गतेदेखि माओवादीकाे तराई मधेस जागरण अभियान सुरु हुने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि  तराई मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ । जनतासँग माओवादी अभियान कार्यक्रमअनुसार सो कार्यक्रम गर्ने तय भएको माओवादीले जनाएको छ ।

पार्टी केन्द्रीय समितिको निर्णयअनुसार हालै बसेको कार्यालय बैठकले मिति तय गरेको र सो अभियान हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित भएर गरिने माओवादीका एक पदाधिकारीले बताए ।

यसको ठोस कार्यक्रमिक स्वरुप सम्बन्धित प्रदेश कार्यालयहरूसँगको परामर्शका आधारमा तय गरिने ती नेताको भनाइ छ । यस्तै फागुन महिनामा शैक्षिक संस्था केन्द्रित युवा विद्यार्थीसँग माओवादी अभियान समेत सञ्चालन गरिने तय भएको छ । यससम्बन्धी ठोस कार्यक्रम पनि सम्बन्धित प्रदेश कार्यालयहरूले तय गरी कार्यान्वयन गर्ने माओवादीको भनाइ छ । 

यसैक्रममा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई विशेष जिम्मेवारी दिएको छ । माओवादीको हालै बसेको पदाधिकारी बैठकले उनलाई राजनीतिमा स्वागत गर्ने निर्णय गर्दै विशेष जिम्मेवारी दिने निर्णय गरेको हो ।

माओवादीले विशेष जिम्मेवारी भनेर उनलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको एक उच्च नेताले जानकारी दिए । यससँगै अब उनी सक्रिय राजनीतिमा फर्किने भएका छन् । 

उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए  । तर उनलाई पार्टीले कुनै जिम्मेवारी भने दिएको थिएन । तर पनि उनि उपध्यक्षकाे हैसियतमा माओवादीका बैठकमा सहभागी हुँदै आएका थिए । 

यता माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी पनि ताेकेकाे छ । गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय आज (आइतबार) परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको छ ।

जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ । महासचिव देव गुरुङले पठाएको परिपत्र अनुसार संगठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । आर्थिक उत्पादन संयन्त्रको इन्चार्जमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई जिम्मेवारी दिइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE