काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हेर्जोगसँग इजरायलका लागि नेपाली राजदूत धन प्रसाद पण्डितले टेलिफोन वार्ता गरेका छन् ।
फोनवार्ताका क्रममा पण्डितले हमासले बन्दी बनाएको इजरायलमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी विपिन जोशीसहितलाई छुटाउने र स्वदेश फर्काउने विषयमा छलफल भएको बताए ।
राष्ट्रपति हेर्जोगसँग फोनवार्ता भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री डा. आजू राणा देउवाले आफ्नो प्राथमिकता विपिनको सकुशल रिहाइ भएको स्पष्ट पारेकी छन् । जसमा इजरायलले अनवरत प्रयास गर्ने कुरा राष्ट्रपतिले बताएको पनि उनले उल्लेख गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हमासद्वारा बन्दी बनाइएको विपिन जोशीसहितको रिहाइ र स्वदेश फिर्तीमा इजरायले अनवरत प्रयास गर्ने कुरामा आश्वस्त पारेकोमा म इजरायलका राष्ट्रपति हेर्जोगलाई आभार व्यक्त गर्न चाहन्छु, हाम्रो लागि विपिनको रिहाइ र स्वदेश फिर्ती उच्च प्राथमिकतामा रहेको छ । जसका लागि हामी अन्तर्राष्ट्रिय नेतृत्व र दूतावासहरुसँग सघन संवादमा छौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: