काठमाडौं । कवाड व्यवसायी समाज नेपालले कवाड व्यवसायी र सञ्चालक माथि भईरहेको काठमाडौं महानगरपालिकाको गुन्डागर्दी तत्काल नरोकिए आफ्नो पेशा व्यवसायको संरक्षणका लागि जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
समाजका अध्यक्ष रामकेवल गुप्ताले आज एक बिज्ञप्ती जारी गर्दै काठमाडौं महानगरपालिकाका प्रहरीले गुण्डागर्दी शैलीमा कवाड व्यवसायीलाई अपहरण गरी सुन्धारा बागदरबारमा लगेर यातना दिने काम गरेको जनाएका छन् ।
‘काठमाडौं महानगरपालिकाले २०८१ माघ २२ गतेका दिन सर्लाही जिल्ला घर भई हाल काठमाडौं महानगर पालिकाको अनामनगर क्षेत्रमा कवाड संकलन गर्दै आउनु भएका धिरेन्द्र यादब र कोटेश्व क्षेत्रमा कवाड संकलन गर्ने अर्का एक व्यक्ती लाई महानगर प्रहरीले गुण्डागर्दी सैलीमा अपहरण गरी सुन्धारा बागदरबार लगेर ३ घण्टा सम्म राखेर यातना दिने काम गरेको छ’ गुप्ताले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रहरीले कवाड संकलकको साईकल र समान जफत गरी अभद्र व्यवहार गरेको प्रति आपती जनाउदै उनले यस्ता गुण्डागर्दी बन्द गर्न चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई पेशाबाट बिस्थापित गराउँन चाहेको भन्दै कवाड व्यवसायीले गृहमन्त्री रमेश लेखक सहित बिभिन्न दलका प्रमुखका साथै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
‘कवाड व्यवसायी र संकलक माथि भईरहेको यो प्रकारको महानगरको गुन्डागर्दी तत्काल नरोके काठमाडौं महानगरका विरुद्धमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रम गर्ने र आफ्नो पेशा व्यवसायको संरक्षणको लागी जस्तो सुकै कदम चाल्न तयार रहेको कुरा अवगत गराउन चाहन्छौं’ गुप्ताले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: